तुलसीपुर, थारुहट थारुवान राष्ट्रिय मोर्चा दाङले शुक्रबार दाङको तुलसीपुर शान्तिपूर्ण विरोध प्रदशन आन्दोलन गरेको छ । शान्ति सद्भाव र अधिकारको लागी विरोध ¥याली निकालेको मोर्चाले जनाएको छ । तुलसीपुरको गुम्राहचोकबाट शुरु भएको विरोध सहभागी भएकाहरुले नाच्दै बजार आफ्ना नेतालाई रिहाईको माग गरेको थिए ।
विरोध ¥याली विभिन्न भाग परिक्रममा गरी विपी चोकमा कोणसभामा परिणत भएको थियो । कोणसभा कार्यक्रममा बोल्ने थारु नेताहरुले आफ्ना नेताहरुलाई तत्काल रिहा गर्न र सरकारसंग भएको सम्झौता तत्काल कार्यान्वयन गर्न आग्रह गरेका थिए । यदि त्यो नभए अझ सशक्त आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।
विगतमा सरकारले आदिबाशी, जनजाती महासंघ र दलित, मुसलिम र मधेशीहरुसंग गरिएका सहमति सहितको १४ बुद्धे माग सरकारलाई बुझाएको र १५ दिन भित्रमा ति माग कार्यान्वयन नभएकाले पछि कार्यान्वयनका लागी शान्तिपूर्ण आन्दोलनबाट दबाब दिन लागेको जिल्ला संयोजक जन्कुलाल चौधरीले बताए ।
त्यसैगरी उनले प्रतिनिधि सभाका सदस्य रेशमलाल चौधरीसहित ११ जनालाई राजबन्दीहरुलाई तत्काल रिहा गरी त्यो मुद्धा खारेज गर्नु पर्ने माग रहेको समेत बताए ।
आन्दोलनमा पहिचान पक्षधर र विभिन्न ६÷७ वटा आन्दोलनकारी शक्तिहरुको घटकले संयुक्त रुपमा घनगढीको कैलालीबाट फागुन १ गतेदेखी आन्दोलन शुरु भएको र आज शान्तिपूर्ण आन्दोलन गरेको यति गर्दा पनि सरकारले आफुहरुलाई ब्यवास्था गरे अनिश्चित काल बन्द गर्ने उनले बताए ।
https://www.youtube.com/watch?v=00ueODzPzC0