राप्ती लाईफमा एटिएम सेवा

Author Logo..
२०७६ फाल्गुन २ गते शुक्रवार

तुलसीपुर, २ फागुन । दाङको तुलसीपुर स्थित राप्ती लाईफ केयर हस्पिटलले एटिएम सेवा शुरु गरेको छ । यो सेवा शुरु भएसंगै अब हस्पिटलबाटै एटिएमबाट पैसा निकालेर उपचार गर्न सकिने छ । ग्राहकको सहजताका लागि हस्पिटलबाटै एटिएम सेवा शुरु गरेको हस्पिटलका प्रबन्धक जीवन भण्डारीले बताए ।

‘ हस्पिटलमा विरामीका लागि पैसा अपुग भएमा एटिएमबाटै पैसा झिक्न सकिन्छ’ उनले भने‘ यो सेवा शुरु भएपछि ग्राहकलाई सहज हुनेछ ।’ जुनसुकै बैंकको एटिएम कार्डबाट पैसा झिक्न सकिने उनले बताए । नविल बैंकसंग सहकार्य गरेर एटिएम सेवा शुरु गरेको भएपनि जुनसुकै बैंकको एटिएम कार्ड राखेर पैसा निकाल्न सकिने उनको भनाई छ ।

साथै हस्पिटलले ‘फोन पे’ सेवा पनि सुरु गरेको छ । यो संगै हस्पिटलले अब मोवाईलवाटै पनि हस्पिटलको विल भुक्तानी गर्न सकिनेछ । प्रबिधीको विकाससंगै हस्पिटललाई प्रबिधिमैत्री बनाएको उनको भनाई छ । फागुन महिनाको सुरुवातसंगै हस्पिटलले यी दुईवटै सेवा शुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार