बंगलाचुली, दाङको बंगलाचुली गाउँपालिकाले आज विहिवार सार्बजनिक बिदा दिएको छ । जनयुद्ध दिवसका अबसरमा गाउँपालिकाले आज सार्बजनिक बिदा दिएको गाउँपालिकाका प्रेस संयोजक जिवन नेपालीले बताए ।
बंगलाचुली गाउँकार्यपालिकाको बैठकले फागुन १ गते सार्बजनिक बिदा दिने निर्णय गरेको हो । आज गाउँपालिका तथा पालिका अन्तर्गतका सरकारी कार्यालय, शिक्षण संस्थामा स्थानीय बिदा दिने निर्णय भएको संयोजक नेपालीले बताए । तत्कालिन नेकपा माओवादी नेतृत्वमा २०५२ साल फागुन १ गतेदेखि शुरू भएको १० बर्षे जनयुद्धको २५औं दिवस आज मनाइँदैछ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस