तुलसीपुर सरसफाई अभियान १८१ औँ हप्तामा आउँदा अझै नगरिबासीमा चेतना आएन

Author Logo..
२०७६ फाल्गुन १ गते बिहिवार

प्रकाश केसी, तुलसीपुर ।  दाङको तुलसीपुरमा २०७३ भाद्र ७ गते देखी शुरु गरिएको ग्रिन तुलसीपुर, क्लिन तुलसीपुर अभियानको मंगलवार १८१ औंँ हप्ता शुरु भएको छ । तर हरेक हप्ताको मंगलवार बजारका गल्ली गल्ली सरफाई गर्ने अभियान चलाएको भएता पनि केही स्थानमा परिर्वतन भएता पनि केहि स्थान मै फोहोर हुने अवस्था उस्तै छ । तु

लसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजालको अग्रसरतामा शुरु गरिएका सरसफाई अभियान स्थानिय तहमा जनप्रतिनिधी आएपछि तुलसीपुुर उपहानगरपालिकाले हिजो आज यस अभिायनको नेतृत्व गर्दै आएको छ । यस अभियानमा यहाँका विभिन्न संघसंस्था, विद्यार्थी, समाजसेवी, सुरक्षाकर्मीले साथ दिदै आएका छन् ।

२०७३ सालदेखी हुदै आएको सरसफाई अभियानले उल्टो परिर्वतन भएको जस्तो लागेको तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष ललितजंग शाहले बताए । बजारका केहि स्थानमा अभैm पनि मंगलवार आउछन् , फोहोर उठाएर लैजान्छन् भन्ने सोच छ, उनले भने,‘ यसले गर्दा अझै परिर्वतन उल्टो भएको जस्तो लाग्छ । ’ तर केही ठाउँहरुमा भने टोलबासीहरु सचेत भएको छन्, उनीहरुले आफ्नो टोललाई सफा राखेको पाईन्छ ।

त्यसैगर तुलसीपुरमा यो अभियानको शुरुदेखी हालसम्म निरन्तर रुपले साथ दिदै आएका तुलसीपुर ६ निवासी समाजसेवी टोप बहादुर महतराले घरबेटीहरुमा सोचको पविर्तन नभएको बताए । उनले भने,‘ करिब ३÷४ बर्ष हुन लाग्यो, तुलसीपुरमा सरसफाई अभियान चलाएको अझै पनि हामीले नै घर घरको फोहोर उठाउनु पर्ने अवस्था छ । ’ हामी बाहिरको मानिस आएर कति दिन सफा गर्ने यो फोहोर मेरो हो भनेर सबै लागेमा यो अभियानले सार्थकता पाउने उनको भनाई छ ।

त्यसैगरी एक घरले अर्को घरलाई दोष दिदाँ पनि समस्या हुने गरेको उनले बताए । त्यसैगरी यस सरसफाई अभियानका अभियान्ता विमल रिजालले शुरुदेखी अहिले १८१ औं हप्ता सम्म पुग्दा अभियान निरन्तरता पाएको बताए । उनले यहाँका विभिन्न संघ संस्थाहरु सरसफाई अभियानप्रति उत्साहित भएको भन्दै नगरपालिका, वडाको मात्र दायित्व नसम्झी सबैले साथ दिएमा यो अभियान सफल हुने उनले बताए ।
त्यसैगरी गोरखा माध्यामिक विद्यालय तुलसीपुरका शिक्षक विष्णु प्रसाद भण्डारीले यस अभियानलाई सफल बनाउने टोल विकास समितीहरु जागरुक हुनु पर्ने बताए ।

त्यसैगरी उनले विद्यालयहरुले विद्यार्थी तथा अभिावकहरुलाई आफ्नो घर वरपर फोहोर ब्यवस्थापन गर्न सिकाउनु पर्ने समेत बताए । यता तुलसीपुर उपहानगरपालिकाले यो अभियान भएकाले निरन्तर रुपमा चल्दै आएको जनाएको छ । तर सरफाई गर्ने तरिका बदल्दै गएको उपहानगरपालिकाका बातारण तथा विपत ब्यवस्थापन समितीका संयोजक एवं वडा नम्बर ६ का बडाध्यक्ष नबराज लामिछानेले बताए ।
हामी शुरुमा झाडु लगाएर सफा गर्ने भएता पनि अहिले आएर जनचेतना गर्दै आएका छौँ, उनले भने ।

त्यसैगरी उनले घर वरपर फोहोर गर्ने ब्यक्तिहरुलाई जरिवाना समेत गर्दै आएको बताए । त्यसैगरी तुलसीपुर उपहानगरपालिकाले नयाँ प्रविधि अनुसार प्रयोग गर्नको लागी अगाडी बढ्न लागेको समेत उनले बताए ।

अब फोहोरलाई डम्पिङ साइडमा नभई मोहरमा बदल्नको लागी उपहानगरपालिकाले योजना बनाएको उनले बताए । त्यसैगरी उपमहानगरपालिकाले जुन टोलले सबै भन्दा बढि सरसफाई गर्दछ, त्यसटोलमा विकास निर्माणमा बढि प्राथामिकता दिने योजना रहेको समेत संयोजक लामिछानेले बताए ।

                                                                                भिडियो

https://www.youtube.com/watch?v=EMQweTwO31A

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार