नयाँ ट्रर्मिलन भवन निर्माण भएपछि यात्रुलाई सहज

Author Logo..
२०७६ माघ २८ गते मङ्गलवार

तुलसीपुर, तुलसीपुरमा रहेको टरिगाउँ एयरर्पाेटमा नयाँ टर्मिनल भवन सञ्चालन पछि सेवा हवाई सेवा ब्यबस्थित भएको छ । झण्डै ५८ लागतमा निर्माण गरीएको यात्रु प्रतिक्षालय (टर्मिनल) भवनबाट सेवा शुरु गरीएको छ ।
आर्थिक वर्ष २०७५/७६को फागुनदेखि निर्माण सुरु भएको टर्मिनल भवन असारको पहिलो सातामै सम्पन्न गरीएको हो । भ्याट बाहेक ५१ लाख ५६ हजार र भ्याट सहितको खर्च जोड्दा ५८ लाख २७ हजारको लागतमा न्यू अष्ट्रिना निर्माण सेवाले निर्माण गरेको सेवाका प्रोप्राइटर सुरेशकुमार आचार्यले बताए । उनका अनुसार २४ मिटर लम्वाई, १२ मिटर चौडाईमा भवन निर्माण गरिएको छ । नयाँ टर्मिनल भवनभित्र महिला र पुरुष शौचालय निर्माण गरिएको छ । त्यस्तै अन्य यूरिनल रुम, नागरिक उड्डायनका लागि यात्रु चेकिङ पोष्ट, सुरक्षाकर्मीको लागि कोठाहरुको व्यवस्था छ । भवन भित्रै चमेना गृह पनि सञ्चालन हुदा सेवाग्राहीहरुलाई सुबिधा भएको छ ।

२०११ सालमा सञ्चालनमा आएको उक्त बिमानस्थलको टावर रहेको भवनबाटै यसअघि चेकजाँच लगायतका काम हुने गर्दथ्यो । जिर्ण भवनमा टावर,सुरक्षाकर्मीको युनिट,भिआईपी आगमन कक्ष,चेकजाँच र लगेज राख्ने लगायतका सम्पूर्ण काम हुने गरेका थिए । ४ वटा कोठा तर जिर्ण भवनका कारण साघुरो हुने भएकाले सेवाग्राहीहरु नजिकैको बर पिपलको सहरामा आराम गर्न बाध्य थिए । त्यस्तै भिआईपीको आगमन हुदाँ ,आराम कक्षको समेत समस्या थियो । नेपाल बायुसेवा निगम दाङ स्टेशन मेनेजर निकान्त लम्सालले बताए ।

टर्मिनल भवन निर्माण भएपछि अब रुख मुनि र अन्यन्त्र बस्नु पर्ने बाध्यता अन्त्य उनले बताए । एयरर्पाेटमा ट्रर्मिनल भवन निर्माण भएपछि पहिलेको तुलनामा राम्रो भएको घोराहीकी शिवादेबी पोख्रेलले बताईन् । त्यसैगरी घोराही १० नारायणपुरकी सिता न्यौपानले पहिलोको तुलनामा अहिले धेरै सुधार हुदै गएको भएता पनि अझै प्राविधिक कुराहरुको समस्या भएको बताईन् ।

उनले पहिलेका तुलनमा अहिले यात्रुहरुको लागी राम्रो भएको छ, तर यात्रुहरु तोकिएको समयमा एयरर्पाेट भित्र आउने गरेको भएता पनि घन्टौ सम्म जहाजको पखाईमा बस्नु परेको उनले बताईन् । त्यसैगरी एयरर्पाेटमा रहेको कन्ट्रोल रुममा पुरानै जिर्ण भवनमा ह्ुदाँ काम गर्न असजिलो भएको दाङ नागरिक , नागरिक उड्डायन कार्यालयका एयरकन्ट्रोलर लिला श्रेष्ठले बताए ।

कन्ट्रोलर सानो र जिर्ण भवनमा हुदाँ आफुलाई काम गर्न समस्या हुने गरेको उनले बताए । यसको लागी नेपाल नागरिक उड्डायन प्राधिकरण प्रधान कार्यालयले छिट्टै नै कन्ट्रोल रुमको लागी नयाँ भवन बनाउन योजनामा रहेको समेत उनले बताए ।

त्यसैगरी टरीगाँउ एयरपोर्टमा अझै पनि सेवा सुविधा र पूर्वाधारहरु बढाउँदै लैजान लागेको तुलसीपुर उपमहानगरपालिकाका प्रबक्ता सुर्यबहादुर डाँगी श्यामले बताए । एयरर्पाेटको विकासको लागी स्थानिय सरकारको तर्फबाट सम्बन्धित निकायहरुमा पहल भैरहेको र यसको विभिन्न चरणमा एयरर्पाेटको सुधार गर्दै लगिने समेत बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार