उद्योग बाणिज्य महासंघको प्रदेश ५ को भेला मंगलवार तुलसीपुरमा हुदै

Author Logo..
२०७६ माघ २७ गते सोमवार


शरद रेग्मी, दाङ, २७ माघ । नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश ५ को विस्तारीत बैठक एंव बिशेष भेला मंगलवार दाङको तुलसीपुरमा हुदै छ । वैठकमा सहभागि हुन प्रदेश ५ मा रहेका सवै जिल्ला ३६ उवासंघका प्रतिनिधि र पर्यवेक्षकहरु भेलामा आउन लागेका छन् । साथै भेलाको संपुर्ण तयारी पुरा भएको उद्योग वाणिज्य महासंघका प्रदेश ५ का अध्यक्ष गुणनिधि तिवारीले बताए ।

विस्तारीत बैठकमा कम्तिमा दुइ सय उद्योगी व्यवसायीहरुको सहभागिता हुने उनले बताए ।
उद्योगी व्यवसायीहरुका समस्या र भावि योजनाका विषयमा बुदागत छलफल गरी भावि योजना निर्माणमा पनि बैठक फलदायी हुने समेत उनको भनाई छ । विशेषगरी दाङको बेलझुण्डिमा हुन लागेको प्रदेश एक्सपोको विषयमा उद्योगी व्यवसायीहरुले के कस्ता भुमिका निर्वाह गर्न सकिन्छ भन्ने विषयमा पनि बैठक केन्द्रित हुने र प्रदेश स्क्सपोमा अधिक्तम सहभागिता बढाउन पनि बैठकले निर्देशन गर्ने बताइएको छ ।

त्यसैगरी हरेक उद्योग बाणिज्य संघ मार्फत स्थानिय व्यवसायीका संभावना र बजारीकरणका विषयमा पनि बैठकमा छलफल हुनेछ । त्यस्तै उद्योगीक ग्रामका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ । बैठकपछि प्रदेश घोषणा जारी हुने पनि आयोजकले जनाएको छ । त्यसैगरी पछिल्लो पटक नेपाल भ्रमण बर्षलाइ जोडेर विभिन्न स्थानमा मेला महोत्सवहरु भैरहेका छन् ।

के उदेश्य र के उपदेयिताका लागी यसरी धमाधम मेला महोत्सवहरु भैरहेका छन् भन्ने विषयमा पनि विस्तारीत बैठकमा गम्भीर वहस र छलफल गर्दै अर्थपुर्ण निर्णय गरीने पनि प्रदेश अध्यक्ष तिवारीले बताए ।  यता कार्यक्रममा उपस्थितिका लागि तुलसीपुर उद्योग बाणिज्य संंघले सबैलाई अनुरोध गरेको छ । तुलसीपुर बाणिज्य संघका अध्यक्ष बिर बहादुर रावत र महासचिब रुपबहादुर खत्रीले बिज्ञप्ति जारि गरी कार्यक्रममा उपस्थितिका लागि सम्पुर्ण उद्योग ब्यबसायीहरुमा अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार