झग्गु भण्डारी, हापुरे। ‘कला र संस्कृतिलाई संरक्षण गरौ, भ्रमण बर्ष २०२० लाई सफल पारौं, घुम्न जाऔं हापुरे’ भन्ने मुल नाराका साथ यहि माघ २८ गतेदेखी फागुन १० सम्म पश्चिम दाङको हापुरेमा भोली मंगलवार देखी संचालन हुन लागेको छ ।
बबई समृद्धि युवा क्लवको आयोजना र बबई मगर एकता युवा क्लब हापुरेको मुल आयोजनामा पर्यटन तथा व्यापारिक महोत्सव २०७६ को तयारी करिब करिब पुरा भएको आयोजकले जनाएको छ । महोत्सवमा स्थानिय स्तरमा उत्पादन भएका बस्तुहरुलाई प्रवद्धन गर्नको लागी १२० स्टलहरु समेत रहेको महोत्सवका व्यवस्थापक रोहन पुनले बताए ।
त्यसैगरी महोत्सवमा बाल उद्यान देखी राष्ट्रिय तथा स्थानिय चर्चित कलाकारहरुको प्रस्तुती रहने समेत उनले बताए । महोत्सवमा एक्सन नायक विराट भट्ट देखि रेखा थापा लगाएत अन्य चर्चित कलाकार आउने समेत उनले बताए ।
त्यसैगरी महोत्सवलाई सफल बनाउन ठाउँ ठाउँमा माईकिङ, होडिङ बोर्ड, पर्चा, पम्पलेट मार्फत प्रचार प्रसार तिब्र पारिएको उनले बताए । पश्चिम दाङका धार्मिक तथा प्राकृतिक पर्यटकिय स्थलको प्रचार–प्रसार गर्ने मुख्य उद्धेश्य महोत्सव सञ्चालन हुन लागेको मुल आयोजकले बताएको ।