निर्मल न्यौपाने, शान्तिनगर, शान्तिनगर २ मा रहेको जनकल्याण माध्यामिक विद्यालय सिमसुन्दरपुरको विद्यालय व्यवस्थापन समितीको अध्यक्षमा फर्साराम डाँगी अध्यक्ष भएका छन् । वडा नम्बर २ का वडाध्यक्ष समेत रहेका डाँगी आईतबार सर्बसम्मत रुपमा विद्यालयको अध्यक्षमा चयन भएका हुन् । त्यसैगरी समितीका सदस्यहरुमा खर्के सुनार ( शिशिर), तुलाराम खड्का, खुमबहादुर वली, सरस्वती न्यौपाने, देउरुपा खड्का र कमला परियार चयन भएका छन् । त्यसैगरी शिक्षक अभिभावक संघको अध्यक्षमा त्यस विद्यालयका पुर्व शिक्षक शिवप्रसाद वली चयन भएको विद्यालयका शिक्षक टिकाराम खड्काले बताए ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस