रास्ट्रपति रनिङ शिल्ड जारी, गोरखा मा.विको अग्रता कायमै

Author Logo..
२०७६ माघ २६ गते आइतवार

क्ष्मण बस्नेत , माघ २६ तुलसीपुर । गोरखा मा.वि.तुलसीपुर शहिद स्मृति मा.वि.बनकट्टिको खेलमैदान मा जारी तुलसीपुर उपमहानगरपालिका स्तरिय दोस्रो तथा १२ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ को शिर्ष स्थानमा रहेको छ ।
तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा शहिद स्मृति आबासिय विद्यालय तुलसीपुर १७ बनकट्टीको संयोजनमा संचालित प्रतियोगिताको सम्म सम्पन्न एथलेटिक्स तर्फका ट्रयाक एण्ड फिल्ड मा १२ स्वर्ण,५ रजत र ३कास्य पदक हात पार्दै गोरखा मा.विले शिर्ष स्थान कायम राख्न सफल भएको हो ।

त्यस्तै ज्ञानज्योती सेकेण्डरी स्कुल तुलसिपुर ६ स्वर्ण,७ रजत र ६ कास्य पदक का साथ दोस्रो स्थान मा रहेको छ, भने गुरुजजुर मा.वि. रक्षाचौर २ स्वर्ण,२ रजत र ५ कास्य पदक सहित तेस्रो स्थान मा रहेको प्रतियोगिताका सचिवालय सदस्य बालकृष्ण शाहले जानकारी दिए । प्रतियोगिता अन्तरगत सोमबार भलिबल छात्र सेमिफाइनल तथा फाईनल र कबड्डी छात्र रछात्रा फाइनल तथा तृतिय स्थानका लागि खेल हुनेछ्न् ।

कबडिको छात्र तर्फ गोरखा मा.वि.र ज्ञानज्योती त्यस्तै छात्रा तर्फ महेन्द्र मा.वि. र गुरुजजुर भिड्नेछ्न । खेल बिहान ८ बजे पछि हुनेछ ।
यसैबिच प्रतियोगिताको समापन सोमबार गरिने आयोजक विद्यालयले जानकारी दिएको छ । उसले प्रतियोगिता समापन समारोहमा उपस्थितीका खेलप्रेमी,खेलाडी, पत्रकार लगाएत सबैमा अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार