ललिता निवास जग्गा प्रकरणमा पक्षपात गरेको भन्दै दाङमा तरुण दलको विरोध प्रदर्शन

Author Logo..
२०७६ माघ २६ गते आइतवार

घोराही , नेपाल तरुण दाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार स्थित ललिता निवास जग्गा प्रकरणमा पक्षपात गरेको भन्दै विरोध प्रदर्शन गरेको छ । आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेतालाई उन्मुक्ति दिएको भन्दै नेपाल तरुण दलले बिरोध प्रदर्शन गरेको हो । राजनीतिक प्रतिसोधकै कारण नेपाली कांग्रेसका नेतालाई फसाउन खोजेको र नेकपाका कार्यकर्ताहरुलाई उनमुक्ति दिएको भन्दै सबैमाथि सत्य तथ्य छानविन हुनु पर्ने माग गरेका थिए ।

नेपाली कांग्रेसको पार्टी कार्यालयवाट शुरु भएको विरोध र्यालीमा घोराही वजार परिक्रमा गरेर तुलसीपुर चोकमा आइ कोणसभामा परिणत भएको थियो । सभामा सहभागिहरुले नेकपामा नेताहरु मधवकुमार नेपाल, विष्णु पौडेललाई सत्ताको आडको कारण उनमुक्ति दिएको र नेपाली कांग्रेसका नेता विजय कुमार गच्छदारलाइ फसाउन लागेको बताएका थिए ।

बालुवाटार जग्गा प्रकरणमा नेकपाका नेतालाई उन्मुक्ति तथा अन्यलाई राजनैतिक प्रतिशोध र बदनियतपूर्ण ढंगले मुद्दा लगाउने निर्णय अख्तियारले गरेसँगै नेपाल तरुण दलले बिरोध प्रदर्शनमा उत्रिनु परेको तरुण दल दाङका अध्यक्ष टिका घर्तिले वताएका थिए ।कांग्रेसले जग्गा प्रकरणमा विजय कुमार गच्छदार दोषि देखिनु तर तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालबिरुद्ध मुद्दा नलाइनुले राजनैतीक प्रतिशोध भएका कारण यसलाई सच्याउनु पर्ने उनको भनाई थियो ।

नेपाल तरुण दलका उपाध्यक्ष मुक्तीप्रसाद न्यौपाने र नेपाल विद्यार्थी संघका तिलक रावतले आयोगले लगाएको भ्रष्टाचारको मुद्दा दुराशयपूर्ण रहेको भन्दै नियतबस गरिएको कार्वाही सही नभएको बताएका थिए ।तरुण दल दाङका अध्यक्ष टिका घर्तिको नेतृत्वमा भएको विरोध प्रदर्शनमा ‘अख्तियार दुरुपयोग अनुसन्धान मुर्दावाद, अधिनायकबाद उन्मुख सरकार मुदावाद, वालुवाटार जग्गा प्रकरण निस्पक्ष छानविन गर, संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल जिन्दावाद, नेपाल तरुण दल जिन्दावाद, नेपाली कांग्रेस जिन्दावाद लगाएतका नाराहरु लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार