चट्याङले खानेपानीको उपकरणमा क्षेती हुदाँ १० लाख बढिको क्षेती

Author Logo..
२०७६ माघ २६ गते आइतवार


घोराही, दाङमा शनिवार चट्याङले खानेपानीको उपकरण जल्दाँ १० लाख बढिको क्षेती भएको छ । दाङको घोराही उपमहानगरपालिका १५ मा रहेको भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिमा जडान गरिएका उपकरण जलेका छन् । शनिवार दिउँसो हावाहुरी र पानीसगै परेको चट्याङले लागेर खानेपानी कार्यालयमा रहेको विद्युत मिटरबक्स, विद्युतीय तार, ब्याट्री, कम्युटर, टेलिफोन, जेनेरेटर र ३ वटा डिप बोरिङमा जडान गरिएका मोटरहरु जलेका छन ।

चट्याङले लाग्दा १० लाख बढीका उपकरण जलेर नष्ट भएको भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष शंकर गौतमले बताए । खानेपानीका ३ वटा मोटर जलेका कारण एक हप्तासम्म खानेपानी बितरण कार्य प्रभावित हुने र ३ दिनसम्म कार्यालयबाट प्रवाह गरिने महसुल जम्मा गर्ने लगायतका कम्युटरका माध्यमबाट हुने सेवा बन्द गरिएको उनले  बताए। एउटा डिप बोरिङ मात्रै हाल सञ्चालनमा रहेका कारण उपभोक्ताको धारमा एक हप्तासम्म केहि मात्रै खानेपानी आउने उनले  बताए ।  त्य

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार