मेला महोत्सवका नाममा बिकृति फैलियो : मुख्यमन्त्री पोख्रेल

Author Logo..
२०७६ माघ २५ गते शनिवार

घोराही, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले साँस्कृतिक मूल्यको जगमा नै राष्ट्र बलियो हुने बताए । दाङको घोराहीमा शनिबार ९ औँ विश्व रेडियो दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पोख्रेलले सँस्कृति बलियो भयो भने मात्र राष्ट्र बलियो हुने भन्दै उनले सामाजिक मूल्यसँग जोडिएका सँस्कृतिको संरक्षण र प्रवद्र्धनमा ध्यान दिनु पर्ने बताए ।

अहिले पश्चिममा छाडा सँस्कृतिहरुलाई बढी जोड दिने प्रबृति बढिरहेको प्रति उनले चिन्ता व्यक्त गरे । मुख्यमन्त्री पोख्रेलले मेला महोत्सवका नाममा बिकृति फैलिएको भन्दै यसको नियन्त्रण हुनु पर्ने समेत बताए । मेला महोत्सव बिकृति फैलाउने खालको नभएर सकारात्मक सन्देश दिने खालको हुने पर्ने उनको भनाई थियो ।

मेला महोत्सवबाट सकारात्मक सन्देश दिनका लागी दाङको बेलझुण्डीमा प्रदेश एक्स्पो आयोजना गर्न लागेको छ, उनले भने,‘ मेलाका केही उदेश्यहरु छन् त्यसको पहिलो उदेश्य महोत्सवका नाममा जे बिकृति छ त्यसलाई नियन्त्रण गर्ने र समाजलाई सकारात्मक सन्देश दिने हो ।’ त्यस्तै उनले राज्य पनि नागरिकका बिचमा पुग्नु पर्छ भनेर मेलाको आयोजना गर्न लागेको समेत बताए । प्रदेश एक्स्पोमा सहभागी होऔं ‘समृद्ध प्रदेश खुशी जनाताको अभियान सफल पारौं’ भन्ने नाराका साथ फागुन १०, ११ र १२ गते बेलझुण्डीमा मेला सञ्चालन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार