तुलसीपुर ९ ले ५ हजार बढिलाई हात्तिपाईले विरुद्धको औषधी खुवाउने

Author Logo..
२०७६ माघ २३ गते बिहिवार

तुलसीपुर, दाङमा यहि माघ २५ गतेदेखी फागुन १४ गते सम्म १० औं चरणमा खुवाउन लागेको हात्तिपाईले विरुद्धको औषधी कार्यक्रमलाई सफल बनाउन तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ ले वडाका सामुदायिक तथा निजी विद्यालयहरुसंग अभिमुखिकरण गरेको छ ।

बिहिबार वडाध्यक्ष घनश्याम ढकालको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा वडामा २ वटा सामुदायिक र ५ वटा निजी विद्यालयका प्रधानाध्यापकहरुसंग कार्यक्रम सफल बनाउन अभिमुखिकरण कार्यक्रम गरिएको हो । यहि २५ गतेदेखी वडाले विभिन्न्न चरणमा औषधी खुवाउने कार्यक्रम गरेको नगर स्वास्थ्य क्लिनिक दोघरेका प्रमुख सी अहेब ईश्वरी प्रसाद चालिसेले बताए ।

अभियानमो ५ हजार १०४ जनालाई खुवाउने लक्ष्य लिएको समेत उनले बताए । २५ गते वडाका ४ स्थानमा सगरमाथा बोडिङ स्कुल, बेलुवा प्रहरी चौकी, सल्लीबन स्कुल र नगर स्वास्थ्य क्लिनिकमा खुवाउने कार्यक्रम रहेको समेत उनले बताए । त्यसैगरी २६ गतेदेखी विद्यालयहरुमा गई खुवाउने फागुन १४ गते सम्म अभियान जारी राख्न प्रमुख चालिसेले बताए ।

उक्त कार्यक्रमको लागी १७ जना स्वास्थ्यकर्मी तथा स्वंमसेविकाले खुवाउने समेत उनले बताए । नेपालमा कुल हात्तिपाईलेको सक्रमणका विरामीहरु १.७ प्रतिशत रहेको र दाङमा ४ प्रतिशत रहेको हुदाँ यो अभियान अर्काे बर्ष पनि चल्ने उनले बताए । नेपालका १३ वटा जिल्लामा यो अभियान शुरु हुन लागेको भएता पनि सबै भन्दा बढि बर्दियामा बढि संक्रमणका विरामीहरु रहेको समेत उनले बताए ।

बर्दियामा १० प्रतिशत रहेका छन् । दाङमा करिब २ महिना अगाडी ४ स्थानमा परिक्षण गरिएको र त्यस मध्ये सबै भन्दा बढि देउखुरी क्षेत्रमा ४ प्रतिशत, टरिगाउँका १.६ प्रतिशत , कमिरेचौरमा ० प्रतिशत र नारायणपुरमा ०.७ प्रतिशत हात्तिपाईले रोगका संक्रमित विरामी भेटिएका उनले बताए । यो रोग लामखुट्टेको टोकाईबाट सर्ने र कम्तीमा ६ महिनाको यो रोगको लक्षण देखा पर्ने र २ देखी १० बर्षमा पुर्णरुपले लक्षण देखा परि हात्तिको जस्ता खुट्टा हुने समेत उनले बताए ।

त्यसैगरी कार्यक्रममा वडाध्यक्ष ढकालले मानिसहरुमा भ्रम फैलदाँ यो रोग नियन्त्रण नभएको उहाँले बताए । यो औषधी निरन्तर खाए ६ बर्षमा उन्मुख हुने भएता पनि आम मानिसहरुले औषधी नखाई फालिदिदाँ रोग उन्मुख नभएको बताए ।

त्यसैगरी उनले यस अभियानमा सम्पूर्ण विद्यालयहरुले आ–आफ्नो ठाउँमा सहयोग गर्नु पर्ने र यस अभियानमा वडा न. ९ का जनप्रतिनिधीहरु पनि खटेर लाग्ने बताए । त्यसैगरी कार्यक्रममा दोघरे माध्यामिक विद्यालयका प्रधानाध्यापक घनश्याम आचार्य, सप्तरंगी बोडिङ स्कुल(सक्सेसका) प्रिन्सीपल छवि कुमार वली लगाएतले विद्यालयको तर्फबाट यस अभियानमा हुने सहयोग गर्ने बताए थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार