घोराही १५ भानु टोललाई ६० वटा डष्टविन प्रदान

Author Logo..
२०७६ माघ २१ गते मङ्गलवार


घोराही, २१ माघ । घोराही उपमहानगरपालिकाले घोराही १५ स्थित भानु टोल विकास संस्थालाई फोहोर राख्ने भाँडो हस्तान्तरण गरेको छ । बाताबरण तथा बिपद व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीको अध्यक्षतामा एक कार्यक्रम गरि नगर प्रमुख नरुलाल चौधरीले टोल विकास संस्थाका अध्यक्ष रेवा डाँगीलाई उक्त भाँडो हस्तान्तरण गरे ।

तुलसीपुर चोक देखी दक्षिण तर्फको बजार क्षेत्रमा रहेको टोल विकास संस्थाका प्रत्येक घर अगाडी उक्त भाँडो राखिएको छ । ३ सय ५० रुपैयाँ नगरको र २ सय रुपैयाँ सम्बन्धीत घर धनीको गरी ५ सय ५० रुपैयाँ एउटा फोहोर राख्ने भाँडोको मूल्य रहेको सरसफाई व्यवस्थापन शाखा प्रमुख प्रेम केसीले बताए ।

टोल विकास संस्थामा आबद्ध करिब ६ घरलाई उक्त फोहोर राख्ने भाँडोहरु उपलब्ध गराईएको छ । घोराही बजारलाई पूर्ण सरसफाई युक्त बनाउन उक्त भाँडाहरु प्रदान गरिएको र अब कुनै पनि फोहोरहरु सडकमा फाल्न नपाईने नगर प्रमुख चौधरीले बताए । शहरलाई सफा, स्वच्छ र हराभरा बनाउने दायित्व सबैको भएको भन्दै आनिबानीका सुधार ल्याउन सबैलाई अपिल समेत गरे ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार