दाङ, दाङको सौडियारमा हात्तीपाईले रोग बिरुद्धको औषधी खुवाउने अभियान सफल बनाउन कार्ययोजना तयार गरिएको छ । सौडियार स्वास्थ्य चौकीको आयोजनामा आज भएको सरोकारवालाको योजना तर्जुमा गोष्ठीले यही माघ २५ गतेदेखी सुरु हुने अभियान सफल बनाउन वडा स्तरिय कार्ययोजना बनाएको हो ।
घोराही उप महानगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष खोपीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा २५ गतेदेखी वडाका १४ वटा केन्द्रबाट औषधी खुवाउने र त्यसका लागि प्रचार प्रसार तथा केन्द्र व्यवस्थापन कार्य प्रभावकारी बनाउने योजना बनाएको छ । सन २०२० सम्म हात्तीपाईले रोग निवारण गर्ने उदेश्य सहित वडाका सवै छुट भएको नागरिकलाई औषधी खुवाउने लक्ष्य रहेको स्वास्थ्य चौकी सौडियारका इञ्चार्ज लाल बहादुर डाँगीले बताए ।
उनका अनुसार माघ २५,२६,२७,२८,२९ र फागुन १ गते टोल तथा घरघरमा पुगेर र त्यसपछि स्वास्थ्य चौकीबाटै औषधी खुवाईने छ । स्थानिय जनप्रतिनिधि,टोल बिकास संस्थाका प्रतिनिधि,बिभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि,बिद्यालयका प्रधानाध्यापक तथा स्वास्थ्यकर्मी सहभागी गोष्ठीमा सहभागीले अभियान सफल बनाउन सक्दो सहयोग गर्ने बताएका थिए ।