तुलसीपुर महोत्वस एक दिन थप , मंगलवार चर्चीत गायीका आस्था रावत आउदै

Author Logo..
२०७६ माघ २० गते सोमवार


शरद रेग्मी, तुलसीपुर, १९ माघ । तुलसीपुरमा माघ १० गते देखि २० गते सम्म सञ्चालन हुने भनेको महोत्सव एक दिन थप गरिएको छ । महोत्सवको ११ दिन पनि महोत्सवका दर्शकहरुको उत्साजन सहभागीता रहेको आयोजकले जनाएको छ ।
महोत्सवमा मंगलवार चर्चित गायीका आस्था रावत, गायक मिस्टर आर.जे. गायिका टिका प्रसाई डिला बस्याल, गायक सनी विश्वकर्मालगायतका कलाकारहरु आउने संस्कृतिक समितिले जानकारी दिएको छ । महोत्सवमा आज चर्चित गायक प्रमोद खरेलको प्रस्तुतीले सवै झुमेका थिए ।
प्रमोद खरेलको गित ओइ योकुरा गोप्यनै राखौला, चलबतास चलचल अझधेरै चल जस्ता गितमा युवा, युवतीहरुले भरपूर्ण मनोरञ्जन लिएका थिए ।
गायक संगितकार हरि विष्ट, करण न्यौपाने, रेष्मा पुन, अमित परियार, रितु तामाङ ,मोडेल अस्मीता राना, कृति पाण्डे, मोडेल एव डान्सर आशा विक, उषा विक लगायतका चर्चित कलाकारहरुले आफनो प्रस्तुति देखाएका थिए । महोत्सवमाको १० औं दिन पनि सवै दर्शकहरुको रोजाई मञ्चनै रहेको थियो । साझँ सम्म पनि दर्शकहरु गित संगीतमा झुलेका थिए । जिल्लाको पर्यटकिय विकासमा समेत कोषे ढुंगा सावित भएको समेत बताएको छ । महोत्सवमा ५ लाख दर्शक सहभागी रहने १५ करोडको आर्थिक कारोबार हुने तथा १ करोड रुपैया बचत गर्ने अपेक्षा लिएको र महोत्सव सफल भएको आयोजकले जनाएको छ ।
त्यस्तै आज महोत्सवको ११ औं दिन पनि दर्शकहरुको उल्लेखनिय दर्शकहरुको सहभागीता रहेको थियो । व्यवसायी तथा दर्शकहरुको मागलाई मध्यनजर गदै एक दिन समय थपीएको महोत्सवमो एक कार्यक्रममा विच भोलि साझँ ५ बजे समापन गरिने सञ्चार संयोजक शरद रेग्मीले जानकारी दिएका छन् ।
नेपाल भ्रमण बर्ष २०२०लाइ सार्थक बनाउने अभियान तथा तुलसीपुर उद्योग वाणिज्यसंघले निर्माण गर्नथालेको वहुआयामिक सभाहल निर्माण पुरा गर्ने उदेश्यले चलेको महोत्सव भव्य र सभ्य रुपमा सञ्चालन भएको
आयोजकले जनाएको छ ।
महोत्सवमा सोमवार चर्चित गायक प्रमोद खरेलको म बिना कसैकसैलाई मुस्किल छ पोखरामा,रातो टीका निधारमा ,चल बतास चल चल तुलसिपुरमा चल,यो कुरा गोप्यनै राखौला लगायतका गितहरसमा दिनभरि दर्शकहरु झुमि झुमि नाचेका थिय ।  तुलसीपुर उद्योग बाणिज्य संघको आयोजनामा सुरुभएको महोत्सव २०७६ ले तुलसीपुर सहित पश्चिम दाङको विकासमा महत्वपुर्ण भुमिका खेलेको आयोजक
समितिका संयोजक विरु रावतले जानकारी दिएका छन् । रकम वचत गरेर बिकास निमार्णका पूर्वाधारहरु जोडेको भन्दै यस पटकको महोत्सव बाट निमार्णा्धिन सभाहललाई पूर्णता दिने अध्यक्ष रावतले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार