घोराही, दिपक वली । दाङको मुख्य शहर घोराहि बजारको तिन स्थानमा बिद्युतिय सडक पोल बत्ति जडान गरीएको छ । पुराना बिद्युतिय सडक बक्तिहरु निकै जिर्ण अबस्थामा भएका कारणले एपेक्स नेपाल नामक कम्पनिले घोराहि उपमहानगरपालीका संग सम्झौता गरी बजारका तिन स्थानमा पहिलो चरणअन्र्तगत ७१ वटा बिद्युतिय पोलहरु जडान गरीएको हो ।
एपेक्स नेपालले घोराही उपमहानगरपालीका संग सम्झौता गरे अनुरुप घोराही बजारको कटुवा खोला देखि रतनपुर चोक , नेपाल बैंक चोक देखि सहिद गेट र तुलसिपुर चोक देखि दामोदर चोक सम्मको सडकको बिच भागमा ७१ वटा सडक बक्तिका बिद्युतिय पोलहरु जडान गरीएको हो ।
बिज्ञापन सामग्रि राख्ने गरी घोराहि उपमहानगरपालीका र एपेक्स नेपाल बिच बिद्युतिय सडक पोल बत्ति सहित यात्रु प्रतिक्षालय र ट्राफिक आईल्यान्ड निर्माण तथा जडान गर्ने सम्झौता भएको छ । एपेक्स नेपालले २ करोडको लगानिमा बिज्ञापन सामग्रि राख्ने गरी बिद्युतिय सडक बत्ति ,यात्रु प्रतिक्षालय र ट्राफिक आईल्यान्ड निर्माण गर्ने भएको हो ।
घोराहि उपमहानगरपालीकाको सुन्य लगानि मा १५ बर्ष एपेक्स नेपाल नामक कम्पनिले हेर्ने गरी काम गरीएको एपेक्स नेपालका प्राबिधिक प्रमुख अनन्त न्यौपानेले बताए । । सम्झौता सकिय लगतै सबै सामग्रिहरु जस्ताको तस्तै उपमहानगरपालीका लाई हस्तान्तरण गरीने पनि उनले बताए ।
पहिलो चरणको काम सकिएको र अरु बाकि काम बाटो पुर्ण रुपमा निर्माण भय पश्चात गरीने र आफुहरुको त्यो कामले गर्दा स्थानिय हरुपनि खुसि भएको उनले बताए ।
दाङ प्रदेश राजधानिको चर्चा चल्दै गर्दा घोराहि उपमहानगरपालिकाको सहकार्यमा जुन काम भैरहेको छ यो कामले यँहाका स्थानिय ब्यापारीहरुलाई सहजता भएको भन्दै स्थानिय ब्यापारी अनिल पुनले खुसि ब्यक्त गरे ।
साथै यो जुन सडक बत्तिको काम भैरहेको छ यो क्षणिक मात्र नभएर दिगो बनाउनुपर्ने पनि उनले बताए । आफ्नो शहरले मुहार फेरेको भन्दै रातको समयमा उज्यालो हुने हुदा आफुहरुलाई एकदमै सहज भएको मा अर्का स्थानिय ब्यापारी पदम भन्डारीले खुसि ब्यक्त गरे ।
प्रदेश राजधानिको हल्ला चल्दै गर्दा राजधानि नभएपनि अब केहि हुन्छ कि भन्ने बिश्वासमा रहेको पनि उनले बताए ।
एपेक्स नेपाल संगको सहकार्यमा उक्त काम भैरहेको र सकेसम्म घोराहि बजारका मुख्य ठाँउहरुमा उक्त सडक बत्ति जडानको काम पुर्ण रुपमा गर्ने घोराहि उपमहानगरपालीकाका प्रबक्ता तथा वडा नं १८का वडा अध्यक्ष भरतमणि अर्यालले बताए ।