तुलसीपुर महोत्सवमा दैनिक दर्शकहरुको उत्साह

Author Logo..
२०७६ माघ १९ गते आइतवार

                                         सोमवार चर्चित कलाकार प्रमोद खरेल सहित दर्जन बढी कलाकार आउदै 
शरद रेग्मी तुलसीपुर, १९ माघ । तुलसीपुरमा माघ १० गते देखि सञ्चालन भएको महोत्सवमा उल्लेखनीय सहभागीता रहेको छ । १० दिन सम्म भव्यताका साथ महोत्सव सञ्चालन भएको आयोजकले जनाएको छ । महोत्सवमा सोमवार चर्चित गायक प्रमोद खरेल, गायक संगितकार हरि विष्ट, करण न्यौपाने, रेष्मा पुन, अमित परियार, रितु तामाङ ,मोडेल अस्मीता राना, कृति पाण्डे, मोडेल एव डान्सर आशा विक, उषा विक लगायतका चर्चित कलाकारहरु आउने भएका छन् ।

तुलसीपुर उद्योग बाणिज्य संघको आयोजनामा सुरुभएको महोत्सव २०७६ ले तुलसीपुर सहित पश्चिम दाङको विकासमा महत्वपुर्ण भुमिका खेलेको आयोजक समितिका संयोजक विरु रावतले बताए । रकम वचत गरेर बिकास निमार्णका पूर्वाधारहरु जोडेको भन्दै यस पटकको महोत्सव बाट निमार्णाधिन सभाहललाई पूर्णता दिने अध्यक्ष रावतले बताए ।

नेपालमा भ्रमण वर्ष २०२० चलिरहदा घुम्न जाऊँ तुलसीपुरको अभियानलाई सफल बनाउन समेत यो महोत्सवले अहम भूमिका निर्वाह गरेको बताएको छ । जिल्लाको पर्यटकिय विकासमा समेत कोषे ढुंगा सावित भएको समेत बताएको छ । महोत्सवमा ५ लाख दर्शक सहभागी रहने १५ करोडको आर्थिक कारोबार हुने तथा १ करोड रुपैया बचत गर्ने अपेक्षा लिएको र महोत्सव सफल भएको आयोजकले जनाएको छ ।

महोत्सवका अवसरमा मिनि म्याराथुन दौड प्रतियोगिता , साईकिलीङ , नृत्य प्रतियोगिता , हेलिकप्टर मार्फत पर्यटकिय स्थलहरुको अवलोकन लगाएतका कार्यक्रम आयोजना गरिएको र सो कार्यक्रम प्रभावकारी भएको बताएको छ । त्यस्तै आइतबार महोत्सवको १० औं दिन पनि दर्शकहरुको उल्लेखनिय सहभागीता रहेको थियो । सांसद तथा लोकगायीका कोमल वलीको बाझो खेतमा, तुलसीपुरमा म जादाखेरी लगायतको गितमा दर्शकहरु छमछमी नाचेका थिए ।

महोत्सवमा हाँस्यकलाकार भटभटे माईलाले दर्शकहरुलाई भरपूर्ण मनोरञ्जन दिएका थिए । त्यस्तै गायक शक्ति चन्द,गायिका अनु गुरुङ, गायक तथा हाँस्य कलाकार मनिष खड्का,मोडेल सरिस्मा मगर,गायिका प्रेरणा पाण्डे लगाएतको प्रस्तुती रहेको सञ्चार संयोजक शरद रेग्मीले बताए ।

त्यसैविच महोत्सवमा तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दिपेन्द्रकुमार खत्रीले तुलसीपुरमा निर्माणाधिन सभाहलको निर्माणका लागि लागी १ लाख १५ हजार ५५५ रुपौयाँ सहयोग गर्ने घोषणा गरेका छन् । तुलसीपुर महोत्सवको सहजिकरण महासचिव रुपबहादुर खत्री, गायीका एव मोडेल प्रेरणा पाण्डे र पत्रकार सन्तोष केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार