शरद रेग्मी, तुलसीपुर, १८ माघ । जिल्लामा महोत्सव चलिरहँदा शनिवार तुलसीपुर महोत्सव सफलताको शिखरमा पुगेको छ । दिलिप रायमाझीको उपस्थीतिले झनै महोत्सव क्षेत्र भरीभराउ भएको थियो । नायक रायमाझीको प्रस्तुती हेर्नका लागि लामो समय सम्म पर्खि बसेका दर्शकहरु उनको स्टेज आगमनसंगै निकै उत्साहित बनेका थिए ।
नायक रायमाझी मोडल आरुषी मगरसंग उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए । मायाँले बाध्यो हे रेशक लगाएतका गीतहरुमा पस्कीएको नायक रायमाझीको प्रसतुतीमा दर्शकहरुले नाचेरै साथ दिएका थिए । यसैगरि शनिवार महोत्सवका अर्का आकर्षक बनेका लोक गायक कुलेन्द्र बिकले सालको पातको टपरी गीत गाउँ दर्शकहरुको मास उर्लिएको थियो । उनको प्रस्तुतीमा अनियन्त्रीत बनेको महोत्सवको मास सम्हाल्न हम्मे हम्मे परेको थियो । उनले नजाउ हैन सानु पँधेरीमा लगाएका गीतहरु गायक कुलेन्द्रले पस्केका थिए । यसैगरि गायिक रितु कँडेलले बाँझो खेतमा बोलको गीत गाउँदा दर्शकहरुले साथ दिएका थिए ।
यसैगरि गायक तथा पत्रकार देवेन्द्र बस्नेतले स्वर्गीय गायक मधुवाबु थापाको सम्झनामा उनकै गीत मायाँ पिरिम नजिक भयो बोलको थारु गीत गाएका थिए । यसैगरि चिल बस्यो टुपैमा, कान्छीको जवानीले बोलको गीत पनि गायक बस्नेतले पस्केका थिए । यसैगरि शनिवार हाँस्ष्यकलाकार तथा गायक पिताम्बर रिजाल, टोपेन्द्र बिष्ट लगाएतले प्रस्तुती राखेका थिए । महोत्सवमा शनिवार दर्शकहरुको अत्यधिक भिड रह्यो । दर्शकहरुलाई महोत्सव स्थल प्रवेश गर्न हम्मे हम्मे भएपछि दुइवटा प्रवेशद्धारबाट टिकट खुल्ला गरीएको थियो । भिडभाडको व्यवस्थापन गर्न आयोजक समितिले दुइस्थानबाट टिकट व्यवस्थापन गरीएको छ ।
तैपनि महोत्वसमा आउनेहरुलाइ सहज व्यवस्थापन हुन मुस्कील थियो । धेरै भिडभाड संहाल्न आयोजकलाइ धेरै अभ्यास गर्नुपरेको थियो । त्यसैले आजदेखि दुइवटा प्रवेशद्धार बनाइएको छ । दाङको तुलसीपुरमा जारी महोत्सवमा शनिवार चर्चित कलाकारहरु को अभिव्यक्तिले सांच्चै तुलसीपुर प्रदेश राजधानी, सांगितिक राजधानी, हवाई ट्रान्जिट लगाएतका सवै विषय उक्लिएका छन् ।
उहिले राप्ती अन्चलको सदरमुकाममा रुपमा चिनिएको तुलसीपुर अव प्रदेश ५ कै हवाई ट्रान्जिटका रुपमा पनि विकास हुन सक्ने कलाकारहरुले सुझाएका छन् । महोत्सवमा आईतवार गायिका कोमल ओली,हाँस्यकलाकार भटभटे माईला, गायक शक्ति चन्द,गायिका अनु गुरुङ, गायक ततथा हाँस्य कलाकार मनिष खड्का,मोडेल सरिस्मा मगर,गायिका प्रेरणा पाण्डे लगाएतको प्रस्तुती रहने सञ्चार संयोजक शरद रेग्मीले बताए ।