काठमाडौं , नेपाल राष्ट्र बैंकले वैधानिक च्यानल प्रयोग नगरी सामाजिक सञ्जाल फेसबुक, यूट्युब र अन्य अनलाइनमा विज्ञापनका लागि गरिने कारोबारमा कडाइ गरेको छ। राष्ट्र बैंकले यस्तो कार्य नगर्न नगराउन शुक्रबार सूचना नै निकालेको छ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजनिक यस्ता विज्ञापनवापत् हुने भुक्तानी व्यवस्था गर्न नीति तर्जुमा गरी कार्यान्वयन गर्ने जनाएको थियो। राष्ट्र बैंकले शुक्रबा परिपत्र निकाल्दै फेसबुक, ट्विटर, युटव जस्ता सामाजिक सञ्जाल तथा इन्टनेटवापत गरिने विज्ञापन अनौपचारिक माध्यमबाट भुक्तानी पठाउने वा प्राप्ति गर्ने गैरकानुनी कार्य भएको स्मरण गराएको छ। यस्तो कार्य गरेमा विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ अनुसार कारवाही गर्ने जनाइएको छ। यो ऐनमा कसुरसँग सम्वन्धित रकम र तीन गुणासम्म बढी जरिवना तिराउन सक्ने व्यवस्था गरिएको छ। बिगो रकम खुल्न खुलाउन नसकेको अवस्थामा भने दुई लाख रुपैयाँसम्म जरिवना तिराउने व्यवस्था गरिएको छ। सरकारले ठूलो रकम विज्ञापनबापत बाहिरिएको भन्दै यसलाई कडाइ गर्ने जनाएको छ।