• २०७७ कार्तिक ६ गते बिहिवार

समाजमा विकृती र विसंगती धेरै भएमा राज्य अस्वस्थ हुन्छ : महरा

Author Logo..
अनलाइन राप्ती २०७६ फाल्गुन १६ गते शुक्रवार


घोराही, पूर्ब सभामुख कृष्ण बहादुर महराले समाजमा विकृती र विसंगती धेरै भएमा राज्य अस्वस्थ हुने बताए ।  शुक्रबार घोराही उपमहानगरपालिकालाई सडक मानब मुक्त नगर घोषणा कार्यक्रममा बोल्दै महराले भने,‘ राज्य अस्वस्थ भयो भने, समाजमा विकृती र विसंगती बढ्छ ।

त्यसै कारणले गर्दा सडकमा धेरै बालबालिकाहरु देखिनु, अस्पतालमा धेरै विरामी भरिनु र जेलमा धेरै बन्दिहरु आउनु भनेको समाजमा खेदिएको विकृती विसंगतीको परिणाम हो ।’ त्यसैगरी उनले राज्य स्वस्थ भएमात्र सबै स्वस्थ हुने समेत बताए । राज्य स्वस्थ नहुदाँ सम्म समाजमा कुनै न कुनै विकृती हुन्छ, घटनाहरु घट्छन्,‘उनले भने, यदि कुनै घटनाहरु घट्यो भने बालबालिकहरु, जेष्ठ नागरिकहरुको उद्धार गर्ने हाम्रो दायित्व हो ।’

त्यसैगरी उपमहानरका प्रमुख नरुलाल चौधरीले कुनै पनि व्यक्तिलाई परिवारले नै घरमा माया ममता र संरक्षणका साथ राख्नुपर्ने सन्देश दिदै निल सागर सेवा आश्रम सिसहनिया दाङको सहकार्यमा उपमहानगरले नगरलाई बेवारिसे मानब मुक्त नगर घोषणा गरेको बताए ।
उनले कोही पनि व्यक्तिलाई सडकमा आउन नदिन परिवार जिम्मेवार हुनुपर्ने समेत बताए ।

बेसहाराहरुको सहारा दिने सरकार र आम नागरिकहरु हुने भए पनि परिवारबाटै संरक्षण हुन आबश्यक रहेको उनको भनाई थियो । गएको पुस महिना देखी थालिएको मानब उद्धार कार्यक्रममा नगर क्षेत्रबाट १४ जनाको उद्धार गरेर निल सागर सेवा आश्रम सिसहनियामा राखिएको छ ।

त्यसैगरी बिहिबार दाङको राप्ती गाउँपालिकालाई पन मानव सडक मुक्त घोषणा गरिएको छ । यस अघि बाँकेको खजुरा गाउँपालिकालाई नेपाल मै पहिलो पटक मानव सडक मुक्त घोषणा गरिएको छ ।

समाजमा विकृती र विसंगती धेरै भएमा राज्य अस्वस्थ हुन्छ : महरा

समाजमा विकृती र विसंगती धेरै भएमा राज्य अस्वस्थ हुन्छ : महरा

Gepostet von Online Rapti am Freitag, 28. Februar 2020

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार