• २०७७ कार्तिक १३ गते बिहिवार

बागरखोलामा मोटरसाईकल दुर्घटनामा हुदाँ एक युवकको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७६ फाल्गुन १६ गते शुक्रवार

तुलससीपुर,  पश्चिम दाङको बागरखोलामा भएको मोटरसाईकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । बिहिवार रातको करिब ९ बजे मोटरसाईकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।अश्वाराबाट पश्चिम तर्फ गईरहेको रा४प १२७० नम्बरको मोटरसाईकल दंगीशरण गाउँपालिका–५ बागरखोलामा दुर्घटना हुँदा गम्भिर घाईते भएका तुलसीपुर उपमहानगरपालिका–८ अश्वारा निवासी १९ बर्षका गौरब डाँगीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

दुर्घटना डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगंज लग्दै गर्दा अमिलियामा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र बहादर डमरपालले बताए । तीव्र गतिमा रहेको मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार