पूर्व सभामुख महरालाई पश्चिम दाङमा भव्य स्वागत

Author Logo..
२०७६ फाल्गुन १५ गते बिहिवार

 

                                                                  महराले भने, म सधै जनताको साथमा छु

तुलसीपुर, पूर्व सभामुख कृष्ण बहादुर महरालाई बिहिबार पश्चिम दाङमा भव्य स्वागत गरिएको छ । हिरासतमुक्त भएसंगै महरा केहि दिन अगाडी दंगाली जनतालाई भेट्न दाङ आएका हुन् । पूर्वसभामुख महरालाई तुलसीपुर, श्रीगाउँ,खैरेनी, बबई गाउँपालिकामा नेकपा नेता कार्यक्रर्ता र शुभेच्छुकहरुले भब्य स्वागत गरेका हुन् । उनलाई नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) तुलसीपुर नगर कमिटिले अबिर खादा र मालाले स्वागत गरेका थिए ।
त्यस अवसरमा पूर्व सभामुख महराले आफुलाई सहयोग गर्ने,शुभेच्क्षा प्रकट गर्नुहुने सबैलाई धन्यबाद प्रकट गरेका थिए । उनले बिगतमा पनि सधै देशकै लागि लडेको र आगामी दिनमा पनि देशकै लागि लड्ने समेत बताए । महराले मतदातालाई भेट्न दाङ आएको भन्दै उनले यो घटनाबारे केही नबोल्ने समेत बताए । उनले दाङको विकासका लागि निरन्तर लाग्ने समेत बताए ।

त्यसैगरी महराले २०६० सालमा तत्काली माओबादी र सरकार पक्ष संग दाङको हापुरेमा भएको बार्ता भवनको करिब १८ बर्ष पछि अवलोकन गरेका छन् । उनले उक्त भवनको अवलोगन गर्दै भने आज १८ बर्षपछि अवलोग गर्न पाउँदा एकदमै खुशी भएको र त्यो बार्ता भएको कुराको याद आएको बताए । त्यसैगरी उनले बार्ता भवन ऐतिहासिक भवन भएको समेत बताए ।

त्यसैगरी उनले बार्ता गरी ल्याएको नयाँ संविधान, लोकतान्त्रीक गनतन्त्रण अहिले खतरामा पर्ने खोजेको जस्तो अनुभुति आफुलाई लागेको समेत बताए । उनले भने ,‘ जनताले संघर्ष गरी ल्याएको परिवर्तन खतरामा छ, त्यसको रक्षाको लागी म दृढता पूवर्क लागी पर्ने छु ।’ त्यसैगरी उनले राष्ट्रिय स्वाधिनता वा जनताको जनजिविकाको सवालमा सधै जतनाको साथमा रहेको र कहिले साथ नछोड्ने समेत बताए । सो क्रममा मतदाताहरुले पनि पश्चिम दाङका जनताहरुलाई नभुल्न आग्रह गरेका थिए ।

पूर्व सभामुख महरालाई पश्चिम दाङमा भव्य स्वागत, महराले भने, म सधै जनताको साथमा छु

Gepostet von Online Rapti am Donnerstag, 27. Februar 2020

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार