• २०७७ मङ्सिर ११ गते बिहिवार

कर्णालीमा जीप खस्दा एक जनाको मृत्यु

Author Logo..
२०७६ फाल्गुन १३ गते मङ्गलवार


कालिकोट, १३ फागुन ।  कर्णाली नदीमा सोमबार बिहान जीप खस्दा १ जनाको मृत्यु भएको छ । कर्णाली करिडोर अन्तर्गत कालिकोटको खाडाचक्र नगरपालिका र नरहरिनाथ गाउँपालिकाको सीमा जितेमा लु १ ज ४१४१ नम्बरको जिप कर्णाली नदीमा खस्दा चालक दैलेख गुराँस गाउँपालिका ४ का १९ वर्षीय चक्रबहादुर खड्काको मृत्यु भएको हो । रासकोट नगरपालिकाबाट जितेका लागि हिडेको जिप यात्रु झारेर फर्काउने क्रममा नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
प्रहरीका अनुसार बिहान १० बजेतिर जिप दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार