प्रदेश एक्स्पोले सिक्ने र सिकाउने मौका मिल्यो

Author Logo..
२०७६ फाल्गुन १२ गते सोमवार


तुलसीपुर, दाङको बेलझुण्डीमा शनिवारदेखी संचालन भएको प्रदेश एक्स्पोले आम नागरिक देखी विद्यार्थीहरुलाई पनि केही सक्निे अवसर मिलेको उनीहरुको भनाई छ । प्रदेश सरकारले आफ्नो स्थापना भएको अवसरमा आयोजना गरेको एक्स्पोमा प्रदेश सरकारका मन्त्रालयदेखी १२ जिल्लाका १०९ स्थानियतहले २ बर्ष सम्म गरेको कार्यप्रगिती प्रस्तुत गरिएको थियो । करिब ५ सय स्टलहरुमा किसानहरुले उत्पादन गरेको बस्तुदेखी विद्यार्थीहरुले बनाएका उपकरणहरु समेत राखिएको

थियो । पहिलो पटक ३ दिन सम्म आयोजना गरेको एक्स्पोमा विकास निर्माण देखी अन्य कुराहरु देख्न पाएका  लिटल हेभन विद्यालय तुलसीपुरका  शिक्षक कमल केसीले बताए । त्यसैगरी एक्स्पोमा प्रदेश ५ का मन्त्रालयले गरेका गतिविधी लगाएत प्रदेश भरी उत्पादित बस्तु कला संस्कृत एकै ठाउँमा देख्न पाउँदा राम्रो लागेको तुलसीपुरमा रहेको लिटिल हेभन विद्यालयका प्रिन्सीपल कमल सापकोटाले बताए ।

यस्ता कार्यक्रम एक पटक नभई पटक पटक आयोजना गरेमा आम नागरिकहरु कहाँ पुग्ने समेत उनले बताए । त्यसैगरी विभिन्न ठाउँहरुमा लुकेर बसेको कला संस्कृतीलाई यस एक्स्पोबाट बाहिर ल्याउनु नै एक दमै राम्रो पक्ष भएको तुलसीपुर ८ का दशरथ वलीले बताए । यसले गर्दा भोलीका दिनहरुमा पनि लुकेर बसेका कुराहरु बाहिर ल्याउन मदत गर्ने उनले बताए ।

त्यसैगरी एक्स्पोले गर्दा आफुहरुसंग भएको कला देखाउन पाउँदा खुशी भएको पद्यमोदय नमुना विद्यालयका उत्सव सुबेदीले बताए । उनले आफुले बनाएका बस्तुहरु हेरेर अन्य विद्यार्थीहरुलाई समेत गर्नसक्ने उनले बताए ।

त्यसैगरी विजौरी जनता मा.वि विद्यालयकी संगिता सुनारले एक्स्पोमा आफुहरुको सिप देखाएको र आफुहरुले नजानेको हेर्न र सिक्न पाउँने अवसर पाएको उनले बताईन् । त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाका प्रमुख एवं एक्स्पो ब्यवस्थापन उपसमितीका संयोजक घनश्याम पाण्डेले प्रदेश एक्स्पोले प्रदेश ५ मा भएका विकास, कला संस्कृती,उत्पादन भएका बस्तुहरु प्रर्दशनी गरिएको र त्यसले गर्दा जुन उदेश्यले आयोजना गरिएको थियो, त्यो लक्ष्य पुरा भएको बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार