• २०७७ कार्तिक १२ गते बुधवार

घोराहीमा ‘गिरिजाप्रसादको योगदान’ विषयक अन्तरक्रिया कार्यक्रम आज हुदै

Author Logo..
२०७६ फाल्गुन १२ गते सोमवार

दाङ, गिरिजाप्रसाद कोईरला फाउन्डेशन दाङले गिरिजाप्रसादको योगदान’ विषयक अन्तरक्रिया कार्यक्रम आज गर्न लागेको छ । उक्त कार्यक्रममा सहभागी हुन नेपाली काँग्रेसका केन्द्रीय नेताहरू आज दाङ आउन लागेका छन् । फाउन्डेशनले आज सोमबार घोराहीमा कार्यक्रम गर्न लागेको पाउन्डेशनका सचिव कृष्ण प्रसाद गौतमले बताए।

कार्यक्रममा फाउन्डेसन अध्यक्ष सुजाता कोईरला, शेखर कोईराला, दीपक गिरी, डा. चद्र भण्डारी, गगन थापा लगाएतका नेताहरुको सहभागिता रहनेछ । त्यस अवसरमा प्रजातन्त्रमा योगदान गरेका विभिन्न पार्टीका व्यक्तिलाई सम्मान गरिनेछ । कार्यक्रम घोराही उपमहानगरपालिकाको सभाहलमा १२ बजेदेखी सुरू हुनेछ ।

कार्यक्रममा उपस्थितीको लागी पार्टी, नेता, कार्यकर्ता, शुभेच्छुक, संस्था र भातृसंस्था, सामाजिक संस्था, पत्रकार, बुद्धिजीवीहरुलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार