तुलसीपुरका विद्यालय सोमबार बिदा हुने

Author Logo..
२०७६ फाल्गुन ११ गते आइतवार


तुलसीपुर , दाङको बेलझुण्डीमा शनिवारदेखी प्रदेश ५ सरकारले आयोजना गरेको ‘प्रदेश एक्स्पो २०७६’को सोमबार अन्तिम दिन हो । त्यहि प्रदेश एक्स्पोको अवलोकन गर्नको लागी सोमबार तुलसीपुर उपमहानगरपालिकाले उपमहानर भित्रका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरुलाई सार्बजनिक विदा गर्न उपमहानरले आग्रह गरेको उपमहानरका शिक्षा समिति संयोजक देवराज विश्वकर्माले बताए ।

साथै प्रदेश ५ लाई एकै ठाउँमा जोड्नका लागि आयोजना गरिएको प्रदेश एक्स्पो अवलोकनका लागि उपमहानगरपालिकाले सम्पूर्ण विद्यार्थीहरुलाई एक्स्पो अवलोकनका लागि आव्ह्वान समेत गरेको छ । विद्यार्थीलाई एक्स्पो अवलोकनका लागि सहयोग गर्न शिक्षकलाई समेत आग्रह गरेको छ ।

प्रदेशभरिका विभिन्न बहुपक्षिय कुराहरु व्यवहारिक ढँगले विद्यार्थीहरुले सिकुन भन्नका लागि विद्यालयलाई विदाको अनुरोध गरिएको संयोजक विश्वकर्माले बताए । उनले प्रदेश भरीका कुराहरु एकै ठाउँमा हेर्ने र वुझ्ने अवसरबाट कुनै पनि विद्यार्थी वञ्चित नहुन भन्नका लागि यस्तो अनुरोध गरिएका समेत बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार