• २०७७ कार्तिक ४ गते मङ्गलवार

बडहरा युवा क्लब लखन कपको सेमीफाइनलमा

Author Logo..
२०७६ फाल्गुन १० गते शनिवार

 


घोराही, १० फागुन । घोराहीमा जारी प्रथम शहिद लखन थापा मगर रनिङ शिल्ड फुटबल प्रतियोगीता अन्तर्गत आज भएको पहिलो क्वाटरफाईनल खेलबाट बडहरा युबा क्लब सेमीफाइनलमा प्रबेश गरेको छ । बडहरा युवा क्लबले दाङ युबा मञ्चलाई हराउँदै सेमीफाइनलको यात्रा तय गरेको हो ।

उत्कृष्ट खेल प्रदर्शन गर्दै बडहरा युबा क्लबले सेमीफाइनल पुगेको छ । बडहराका तर्फबाट मनोज रोकाले ह्याट्रिकसहित ४ गोल तथा विक्रम घर्तीले पनि ह्याट्रिक गोल गरेका थिए । यस्तै दाङ युबा मञ्चका तर्फबाट बिशाल अधिकारीले सान्त्वना १ गोल फर्काएका थिए । निकै प्रेसरको खेल खेल्ने क्रममा दाङयुबा मञ्चका पारस कुमालले रातो कार्ड व्यहोरेपछि १० जना खेलाडीमा सिमित बनेको थियो ।

यसअघि आजै भएको नकआउट चरणको अन्तिम खेलमा मेघा क्लब बिजयी हुँदै क्वाटरफाईनल प्रवेश गरेको छ । मेघा क्लबले बबई एफसीलाई ५—२ गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा पुगेको हो ।

मेघाको जितमा गोपाल थापाले २, अमल डाँगीले २ र महेश चौधरीले १ गोल गरेका थिए, भने बबईका तर्फबाट एन्जस रोकाले २ गोल गरेका थिए । बर्षाका कारण आजको खेल भरतपुर खेल मैदानमा भएको थियो ।

अब क्वाटर फाईनल अन्तर्गका २ खेल भोली पनि भरतपुर खेल मैदानमा हुने आयोजक नेपाल मगर संघ दाङले जनाएको छ । भोली आइतबारको पहिलो खेल १२ बजे सक्सेस र रतनपुर ११ र दोस्रो खेल दिउसो युएनबीसी र राप्ती क्लब प्रतिष्पर्धा हुने खेल संयोजक प्रेम बुढा मगरले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार