• २०७७ फाल्गुन १८ गते मङ्गलवार

मुस्कान सहितको यातायात सेवा दिन चालकलाई जिल्ला ट्राफिक प्रमुख रेग्मीको आग्रह

Author Logo..
२०७६ फाल्गुन १० गते शनिवार

तुलसीपुर, १० फागुन । ट्राफिक प्रहरी कार्यालय दाङले मुस्कान सहितको सुरक्षित यातायात सेवाको अभियान सुरु गरेको छ । त्यसका लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले तुलसीपुर बसपार्कमा शनिवार चालकलाई अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न गरेको छ । अभिमुखिकरण कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रेम प्रसाद रेग्मीले चालकहरुलाइ दुर्घटना न्युनिकरणका उपाय सहित यात्रुमैत्रीसेवा प्रदान गर्न आग्रह गरे ।

‘हवाइसेवामा एयर होस्टेजले जसरी यात्रुहरुलाई ढुक्कसंगको यात्रा र मुस्कान छरीरहेका हुन्छन्, त्यसरीनै तपाईहरुले पनि मुस्कान सहितको यातायात सेवा दिनुहोला, चालक र सहचालक तथा हेल्परलाइ अभिमुखिकरण दिंदै, रेग्मीले भने ।’ साथै उनले यात्रा तयगर्नु अघि सवारी साधनको स्वास्थ्य चेकजांच गरीनुपर्ने, मदिरा सेवन गरी सवारी नचलाउने, ओभरलोडको यात्रा नगराउने, ओभरस्पीडको यात्रा नगराउने, ट्राफिक नियमको पुर्ण रुपमा पालना गर्नुपर्ने विषयमा चालक र सहचालकलाइ सुझाए ।

त्यसै अवसरमा बोल्दै उनले सहचालकलाई यात्रुहरुलाई ढुक्क संग यात्रा गराउनका लागी तोकिएको समयमा खाना खुवाउने, खानाखाने स्थान र समयका विषयमा जानकारी गराउने तथा गन्तव्यमा पुग्ने समयका विषयमा पनि ढुक्क संग जानकारी गराउने विषयमा सुझाव दिए । यसै अभियान अन्तर्गत ट्राफिक प्रहरी कार्यालय, ५ नम्बर प्रदेश कार्यालय रुपन्देहिले जारी गरेको सुरक्षित यात्राका विभिन्न बुंदाहरु उल्लेख गरिएको पर्चा पम्प्लेट समेत यातायात व्यवसायीलाइ उपलव्ध गराएको थियो ।

सो पर्चामा सवारी चालकहरुलाई अनुरोध, सभ्य नागरिकहरुलाई अनुरोध, मोटरसाइकल चालक तथा साइकल चालकलाई अनुरोध शिर्षकमा धेरै सुझावहरु उल्लेख छन् । ती सुझावहरु पालना गर्न पनि ट्राफिक प्रहरीले अनुरोध गर्दै तुलसीपुर बसपार्कमा फरक फरक रुटका चालकलाइ खादा ओडाएर सम्मान सहित सुरक्षित यातायात सेवाकालागी आग्रह गरेको थियो भने, यात्रुहरुलाई पनि आफुले पालना गर्ने सार्वजनिक यातायातका निति नियम बारे जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार