• २०७७ फाल्गुन १५ गते शनिवार

कम्युनिष्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त भए : प्रचण्ड

Author Logo..
२०७६ फाल्गुन ९ गते शुक्रवार

काठमाडौं, ९ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले
सत्तामा नहुँदा क्रान्तिमा ठुलो त्याग गर्ने कम्युनिष्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त हुने गरेको बताए ।

शुक्रबार भक्तपुरमा आयोजित नारायणविलास जोशी स्मृति प्रतिष्ठानको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सत्तामा पुगेपछि कम्युुनिष्टहरुमा लोभ, भ्रष्टाचारजन्य क्रियाकलापमा देखिने गरेको बताए  ।

हिजो मृत्युलाई पनि सामना गरेर जस्तो सुकै तपस्या गर्नेहरु सत्तामा पुगेपछि जनताका कामहरु गर्न छाड्ने र कम्युनिष्ट सिद्धान्तबाट विचलित हुने गरेको भन्दै अध्यक्ष दाहालले शासन हातमा आइसकेपछि विस्तारै जनताको भावनालाई सम्मान गर्न नसकेको जस्तो देखिनु बिडम्बना भएको बताए ।

अध्यक्ष दाहालले कम्युनिष्टहरु सत्तामा पुगेपछि आफ्नो आदर्शबाट विचलित हुने गरेको विश्व इतिहास नै रहेको भन्दै नेपालमा घटेका पछिल्ला घटनाहरुले राम्रो संकेत नदेखिएको समेत बताए । उनले  कम्युनिष्टहरुमा पनि नेतृत्वमा देखिदै गएको लोभ लालच र भ्रष्टाचारजन्य क्रियाकलापले राम्रो संकेत नदेखिएको बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार