• २०७७ कार्तिक ११ गते मङ्गलवार

भारतमा बस दुर्घटना हुँदा ६ नेपालीको मृत्यु

Author Logo..
२०७६ फाल्गुन ८ गते बिहिवार


काठमाडौं, ८ फागुन ।  भारतको दक्षिणी राज्य तमिलनाडुको सालेममा बस  दुर्घटना हुदाँ ६ जना नेपालीको मृत्यु भएको छ । ३४ जना नेपाली तीर्थयात्रुहरु बोकेको बस कन्याकुमारीबाट कर्नाटकको बैंग्लोर जाँदै गरेका बेला दुर्घटनामा परेको थियो ।

तमिलनाडुको सालेम जिल्लास्थित ४४ नम्बर हाइवेमा दुर्घटना भएको हो । मृत्यु हुनेमा चार जना पुरुष दुई जना महिला छन् । दुर्घटनामा वीरबहादुर राई, टिकाराम चौधरी, गोपाल तामाङ, विष्णु दाहाल, फुलसरी चौधरी र बुधनी चौधरीको मृत्यु भएको बताइएको छ ।

दुर्घटनामा २१ जना घाइते भएका छन् । अधिकांशको हातखुट्टा भाँचिएको र केही ढाडमा समेत चोट लागेको छ । घाइते मध्ये चारजना गम्भीर रहेको जनाइएको छ ।

घाइतेहरुको सालेमकै सरकारी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परेको बस ३४ यात्रुसंगै दक्षिण भारतका विभिन्न तीर्थस्थलको भ्रमणका लागि गत २३ माघमा सुनसरीको दुहबीबाट छुटेको थियो

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार