• २०७७ कार्तिक ६ गते बिहिवार

संचारमन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गर्न कांग्रेसको माग

Author Logo..
२०७६ फाल्गुन ८ गते बिहिवार

काठमाडौं, ८ फागुन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान थाल्न प्रधानमन्त्री आग्रह गरेको छ । बाँस्कोटाले सेक्यूरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिसन मागेको अडियोसहितको समाचार सार्वजनिक भएपछि कांग्रेसले यस्तो माग गरेको हो ।

बिहीबार बिहान कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा पहिले आशंका गरिएको ठूलो रकमको अनियमिततालाई अडियोले बलियोसँग प्रमाणित गरेको भन्दै मन्त्री बाँस्कोटालाई बखास्त गरेर अनुसन्धान गर्न माग गरेको उल्लेख छ ।

७० करोड कमिसन मागेको अडियो नै सार्वजनिक भैसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निष्पक्ष छानबिन प्रक्रियालाई सघाउन नेपाली कांग्रेस सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक आग्रह समेत कांग्रेसले गरेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार