• २०७७ कार्तिक १३ गते बिहिवार

राप्तीले सडकमा रात विताउने नागरिक मुक्त गाउँपालिका घोषणा गर्ने

Author Logo..
२०७६ फाल्गुन ७ गते बुधवार


तिर्थराज ज्ञवाली, फागुन ७,देउखुरी दाङ । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको कार्यक्रम तयारी बैठकले राप्ती गाउँपालिकालाई सडक मानव मुक्त गाउँपालिका घोषणाका लागि निलसागर आश्रमको समन्वयमा सडक मानव मुक्त गाउँपालिका घोषणा गर्ने कार्यक्रमको तयारीका लागि शिक्षा अधिकृत विश्वास विकलाई जिम्मेवारी प्रदान गरेको छ ।

कार्यक्रम तयारी बैठकमा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले आयोजना हुन कार्यक्रमलाई सहभागीता मुलक बनाउने बताए ।  आगामी १३ गते एक कार्यक्रमको आयोजना गरि राप्ती गाउँपालिकामा दुख पाएर, मानसीक रुपमा कमजोर भएर सडकमा बस्नुगर्ने अवस्थाक अन्त्य गर्ने उदेश्यका साथ सडक मानव मुक्त गाउँपालिका घोषणा गर्ने कार्यक्रम गर्न थालीएको प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिए । प्रवक्ता विद्याशरण चौधरीले सो घोषणा कार्यक्रममा सम्पुर्णको सहभागीता साथै अभियानमा सहयोगकालागि समेत आब्हान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार