• २०७७ कार्तिक १३ गते बिहिवार

चोरी भएका ३ वटा मोटरसाईकल फेला

Author Logo..
२०७६ फाल्गुन ७ गते बुधवार


दाङ, चोरी भएका ३ ओटा मोटरसाईकल फेला पारी प्रहरीले घोराहीमा सम्बन्धित ब्यक्तिलाई जिम्मा लगाएको छ । घोराही उपमहानगरपालिका वडा नम्वर २ बालापुरबाट १ ओटा र वडा नम्वर ४ गोग्लाबाट घरमा पार्किङ गरी राखेके अबस्थामा २ ओटा चोरी भएका मोटरसाईकल सवारी धनीलाई जिम्मा लगाएको हो ।

बालापुरका पंकजकुमार थापाको रा ५ प १६७५ नम्वरको पल्सर,गोग्लीबाट तिलकराम भण्डारको रा २ प २९९ नम्वरको पल्सर वाईक र वडा नम्वर ४ गोग्लीकै श्रीमणी पौड्ेलको रा ३ प ९६३२ नम्वर बाईक फेला पारी सम्बन्धित सवारी धनीलाई जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता सुमीत खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार