• २०७७ फाल्गुन २३ गते आइतवार

विजौरी उद्योग वाणिज्य संघको अध्यक्ष पदका उम्मेदवारको गाडीमा आगजनी

Author Logo..
२०७६ फाल्गुन ७ गते बुधवार


बिजौरी,  बिजौरी उद्योग बाणिज्य संघको अध्यक्षका उम्मेदवारको गाडीमा आगजनी गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) समर्थित बामपन्थी प्यानलको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका प्रेमनाथ योगीको गाडीमा आगजनी गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका १९ हाडिमे स्थित अध्यक्षका उम्मेदवारकै घर अगाडी पार्किङ गरेर राखिएको गाडिमा अज्ञात समूहले मंगलबार राति आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । बा १९ च १७६४ नम्बरको स्कारपिओ गाडिमा राति १२ बजेतिर आगजनी गरेका हुन् ।

आगजनी कसले ग¥यो भन्ने बिषयमा पहिचान हुन सकेको छैन् । आगजनीबाट गाडिको पछाडिको टायरमा क्षति भएको छ । डिजेलको प्रयोग गरेर आगजनी गरेको पाईएको छ । अज्ञात समूहले आगो लगाउँदै गर्दा जलिरहेको टायर पड्के पछि योगीले थाहा पाउँदा थप क्षति हुन पाएन् । त्यसैगरी (नेकपा) तुलसीपुर नगरकमिटीले प्रेस विज्ञप्ती जारी गर्दै उक्त घटना पराजित र हतास मानसिकता भएकाले गरेको भन्दै कडा निन्दा गरेको छ ।

नगर अध्यक्ष खुशीराम चौधरी र सचिव माधव वलीले जारी गरेको विज्ञप्तीमा यस घटनामा दोषीलाई कडा कारबाही गर्न माग गरिएको छ । उद्योग वाणिज्य संघको निर्वाचन भोली विहिवार हुन लागेको छ । निर्वाचमा नेपाली कांग्रेस निटक प्रजातान्त्रीक प्यानल र स्वतन्त्र उम्मेरदवार चुनावी मैदानमा छन् । कुल ४६४ मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार