पूर्व सभामुख महराको निर्वाचन क्षेत्रमा खुशीयालीसँगै दीप प्रज्वलन

Author Logo..
२०७६ फाल्गुन ६ गते मङ्गलवार

दाङ, पूर्व सभामुख कृष्ण बहादुर महरालाई जिल्ला अदालत काठमाडौंले सोमबार सफाई दिए पछि उनको निर्वाचन क्षेत्र दाङका मतदाताहरुले खुशीयाली मनाएका छन् ।
जिल्ला अदालत काठमाडौंले महरा निर्दोष भएको प्रमाणित गरिसके पछि मंगलबार बेलुकी उनी निर्वा्चित क्षेत्रका मतदाताहरुले दाङको घोराहीमा दिप प्रज्वलन गरी खुशी मनाए ।

दाङ क्षेत्र २ बाट निर्वा्चित सांसद महराले सफाइ पाउँदा समग्र दाङ र राप्तीबासीलाई फाइदा पुगेकाले आफुलहरुले खुशीयाली मनाएको उनीहरुले बताए । कार्यक्रममा सहभागीहरुले महरालाई दुःख दिएर राजनीतिक अभिष्ट पूरा गर्न चाहने देशी विदेशी प्रतिकृया वादी तत्वहरुले षडयन्त्र रचेको भएपनि त्यो असफल भएको बताएका थिए ।

उनीहरुले घोराहीको शहीद गेट अगाडि खुशीयाली नाचगान गर्नुका साथै दीप प्रज्वलन समेत गरेका थिए । सो कार्यक्रममा नेकपा दाङका अध्यक्ष टीकाराम खड्का लगाएत जिल्लाका विशिष्ट व्यक्तिहरुको पनि सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार