• २०७७ फाल्गुन २१ गते शुक्रवार

पुर्व सभामुख महरालाई सफाई

Author Logo..
२०७६ फाल्गुन ५ गते सोमवार

काठमाडौ, ५ फागुन ।पूर्व सभामुख कृष्णबहादुर महराले जवरजस्ती करणी मुद्दामा सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको इजलासबाट सोमबार आएको फैसलामा महराले सफाइ पाएका हुन्।

आइतबार नै फैसला हुने भनिएपनि हेर्दाहेर्दैमा राखिएको मुद्दाको सोमबार किनारा लगाउदै महराको पक्षमा फैसला भएको हो। जिल्ला अदालत काठमाडौंमा आइतवार नै दुवै पक्षको बहस सकिएको थियो।

तर फैसलाका लागि समय अपुग भएको भन्दै महरा विरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। गत असोज १२ गते  संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोग लागेपछि पुर्व सभामुख महराले १४ गते पदबाट राजिनामा दिएका थिए । सोहि आरोपमा आसोज १९ गते पक्राउ परेका महरा पुर्पक्षका लागि डिल्ली बजार कारागार थुनामा थिए । उनी पक्राउ परेको झन्डै चार महिना पछि कारागार मुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार