• २०७७ कार्तिक ६ गते बिहिवार

शान्तिनगर गाउँपालिका स्तरिय रास्ट्रपति रनिङ शिल्ड हुने

Author Logo..
२०७६ फाल्गुन ४ गते आइतवार


लक्ष्मण बस्नेत , फागुन ४ दाङ  ।  शान्तिनगर गाउँपालिका स्तरिय दोस्रो तथा १२ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ हुने भएको छ । शान्तिनगर गाउँपालिकाको आयोजना तथा बि.पि. कोईराला नमुना मा.बि.बयाले सिमतारा शान्तिनगर ३ को संयोजनमा यहि फागुन ७ गते देखि रनिङ शिल्ड प्रतियोगिता हुने भएको हो ।

३ दिन सम्म संचालन हुने प्रतियोगितामा भलिबल,कबडी, छात्र र छात्रा,ऎथ्लेटिक्स ट्रयाक तर्फ १००,२००,४००,८००,१५००,३००० मिटर छात्र र छात्रा दौड,१०० गुणा ४०० र ४ गुणा ४०० छात्र र छात्रा रिले दौड तथा फिल्ड तर्फ हाईजम्प,लङजम्प,त्रीपलजम्प,ज्याभलिङ थ्रो र सटपुट छात्र र छात्रा बिच कडा प्रतिस्पर्धा हुने विद्यालयका शिक्षक तथा प्रतियोगिता अभिलेख ब्यबस्थापन उपसमितिका संयोजक खेम राज तिवारीले जानकारी दिए ।

प्रतियोगितामा शान्तिनगर गाउँपालिका क्षेत्रका सामुदायिक तथा निजि गरि १० विद्यालयको सहभागिता रहने छन्, भने विद्यालयमा कक्षा १२ सम्म अध्ययन गर्ने १८ बर्ष उमेर सम्मका छात्र र छात्रा ले मात्र भाग लिन पाउनेछ्न् ।

यसैबिच प्रतियोगिताको संयोजनको जिम्मा पाएको बि.पि. माबी बयाले सिमताराले रनिङ शिल्ड प्रतियोगिताको तयारीलाई तिब्र पारेको छ । विद्यालयका प्रधानाध्यापक भागवत न्यौपाने सदस्य सचिव रहेको प्रतियोगिता मुल आयोजक समित को मातहतमा रहने गरि विभिन्न उपसमिती गठन गरि आफ्नो तयारीलाई तिब्र पारिएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार