महिलाले पुरुष बराबरकै हैसित बनाउन पर्छ : नायिका थापा

अनलाइन राप्ती | 7:45 PM


तुलसीपुर, नायिका,निर्मात्री तथा निर्देशक रेखा थापाले आफुले बनाउने हरेक फिल्मले समाजको अवस्था बोल्ने बताएकी छिन्। चलचित्र पत्रकार संघ नेपाल दाङले शनिवार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

आफुले अभिनय तथा निर्माण गर्ने हरेक फिल्ममा देशका महिलाले पुरुष बराबरकै हैसित बनाउन सक्नुपर्छ भन्ने सन्देश प्रवाह गर्दै देशका हरेक महिलालाई सशक्त बनाउने खालका हुने बताएकि थिईन । उनले आफ्नो फिल्म नै समाज परिवर्तनको अभियान भएको बताएकी छिन्।

चलचित्र पत्रकार संघ नेपाल दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा अभिनेत्री थापाले फिल्म क्षेत्रमा पनि अनुभवको आवश्यकता भएको बताइन ।संघका निवर्तमान अध्यक्ष ध्रुवराज न्यौपानेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण संघका उपाध्यक्ष सन्तोष के.सीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्