• २०७७ कार्तिक १२ गते बुधवार

विद्यालयको बार्षिक उत्सवका अवसरमा ज्येष्ठ नागरिकलाई झुल तथा फलफुल वितरण

Author Logo..
२०७६ फाल्गुन ३ गते शनिवार

घोराही , घोराही उपमहानगरपालिका ५ बसन्तापुरमा रहेको हाईलाईट इंग्लिस बोर्डिङ स्कुलले बार्षिक उत्सवका अवसर ज्येष्ठ नागरिकलाई झुल र फलफुल वितरण गरेको छ । विद्यालयले २१ औं बार्षिक उत्सवका अवसरमा शनिवार घोराही उपमहानगरपालिका १६ तेरौटेमा रहेको ज्येष्ठ नागरिक सरोकार केन्द्रका रहेका बृद्धवृद्धाहरुलाई झुल र फलफुल वितरण गरेको हो ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष प्रेम केसी, विद्यालयका प्रिन्सीपल कुमार नेपाली लगाएत विद्यार्थीहरुले सयुक्त रुपमा झुल र फलफुल ज्येष्ठ नागरिकहरुलाई सहयोग गरेका थिए । विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्धआश्रममा बस्दै आएका ज्येष्ठ नागरिकलाई गर्मी मौषममा मच्छडबाट बचाउनका लागि आवश्यक पर्ने झुल वितरण गरेको विद्यालयका प्रिन्सीपल कुमार नेपालीले  बताए ।

विद्यालयका प्रिन्सीपल नेपालीका अनुसार वृद्धआश्रममा बस्दै आएका १६ जना ज्येष्ठ नागरिकलाई १–१ थान गरेर १६ थान झुल सहयोग गरेको हो । सहयोगसँगै वृद्धआश्रममा बस्दै आएका ज्येष्ठ नागरिकसँग विद्यार्थीहरुले अन्तरक्रिया गरेको उनले बताए ।

कार्यक्रमा प्रिन्सीपल नेपालीले कार्यक्रमको उद्देश्यका बारेमा जानकारी गराएका थिए । त्यस अवसरमा शिक्षकहरु कृष्ण नेपाली, ऋषिराज गिरी, अभिभावक दोर्ण बस्नेतलगायतको सहभागिता रहेको थियो । २०५५ सालमा स्थापना भएको विद्यालयले आइतवार २१ औं बार्षिक उत्सबका मनाउँदै छ । कक्षा ४ चारसम्म पढाई हुने गरि स्थापना भएको विद्यालयले अहिले कक्षा १० पढाई सञ्चालन गर्दै आएको छ । विद्यालयमा साढे ६ विद्यार्थीहरुले अध्ययनरत गर्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार