पोषण तथा स्वास्थ्य कार्यक्रम हापुरेमा सम्पन्न

Author Logo..
२०७६ फाल्गुन १ गते बिहिवार


बालकृष्ण पाण्डे , हापुरे ।  बबई गाँउपालिकालाई स्वच्छ, सफा, स्वस्थ र पोषणयूक्त समृद्व बबई बनाउने अभियानलाई सफल बनाउने उदेश्यका साथ बबई गाँउपालिका र सुआहारा कार्यक्रमद्घारा संयुक्त रुपमा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दीगोपना सुनिश्चित्ता गोष्ठी हापुुरेमा सम्पन्न भएको छ ।
कुनैपनि मानिसमा कुपोषणका कारण स्वास्थमा असर नपरोस भन्ने मर्म अनुरुप बहुक्षेत्रीय पोषण योजना दोस्रोको अवधारणा अनुरुप मातृ, शिशुु तथा किशोर किशोरीको पोषण स्थितिमा सुधार ल्याउन कार्यक्रमको आयोजना गरिएको थियो । जन प्रतिनिधिहरु, प्रमुख प्रशासकीय अधिकृत, विषयगत शाखाका प्रमुखहरु तथा स्वास्थ्य संस्थाका प्रमुखहरु लगाएत अन्य सरोकारवाला निकायका प्रमुखहरुको सहभागितामा रहेको थियो ।
गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष साबित्री बिश्वकर्मा, प्रमुख प्रसासकिय अधिकृत भीष्म कुमार मल्ल, गाउँपालिकाका शिक्षा अधिकृत मोहनलाल दाहाल, स्वास्थ्य शाखा सह–संयोजक शरदराज गिरी, पशुसेवा शाखाका प्रमुख चन्द्रबहादुर खत्री, कृषिशाखा प्रमुख चन्द्रसोभा कंडेल, वास अधिकृत बिकास बन्जरा, सुआहाराका पोषण अधिकृत लिलबहादुर नेपाली, बेसका जिल्ला सचिब रुपलाल चौधरी लगाएतले बोलेका थिए ।

कार्यक्रममा सुआहाराका कार्यक्रम संयोजक सुरज शर्माले बालबालिकाको पोषण तथा स्वस्थ जिवनका लागी अपनाउनु पर्ने बिधिका बारेमा प्रशिक्षण दिएका थिए । कार्यक्रमको सहजिकरण स्वास्थ्य शाखा बबईका संयोजक हरिबहादुर खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार