• २०७७ कार्तिक ६ गते बिहिवार

दोस्रो डिभाईन ईन्टर स्कुल टि– २० क्रीकेट हुदै

Author Logo..
२०७६ फाल्गुन १ गते बिहिवार


लक्ष्मण बस्नेत , फागुन १ तुलसीपुर । दाङमा दोस्रो डिभाईन ईन्टर स्कुल टि– २० क्रीकेट प्रतियोगिता हुने भएको छ । डिभाईन टेम्पल एकाडेमी तुलसिपुरको आयोजनामा अरनिको मैदान तुलसीपुरमा संचालन हुने प्रतियोगिता यहि फागुन ८ गते देखि सुरु हुनेछ ।

पहिलो संस्करण सफलता पुर्बक सम्पन्न गरेको डिभाईनले विद्यालय स्तरमा खेलकुदको पहुँच अभिवृद्धि गर्ने र नव प्रतिभाहरुलाई क्रीकेट खेलमा स्थापित गर्ने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको बताएको छ । प्रतियोगिताको बिजेताले नगद ३० हजार र उपबिजेताले नगद १५ हजार साथमा ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्ने छ्न ।

प्रतियोगितामा पश्चिम दाङ अन्तरगतका निजि तथा सामुदायिक विद्यालयका १२ टिमको सहभागिता रहने प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत बिद्यार्थी सम्मेलित विद्यालयको टिम दर्ता गर्न सक्ने प्राबधान राखिएको र खेल लिग कम नकाउटका आधार मा खेलाईने आयोजक बिधालयका प्रीन्सिपल भोजराज न्यौपानेले बताए ।

अन्तिम टिम दर्ता मिति फागुन ६ गते सम्म राखेको विद्यालयले टिम दर्ता,आर्थिक र प्राबिधिक लगाएतका तयारीलाई तिब्र पारेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार