२५ बर्षपछि ईलाका प्रशासन कार्यालय तुलसीपुर आफ्नै भवनमा

Author Logo..
२०७६ फाल्गुन १ गते बिहिवार


तुलसीपुर, ईलाका प्रशासन कार्यालय तुलसीपुरले करिब २५ बर्षपछि विहिवारदेखी आफ्नै भवनबाट सेवा सुभारम्भ गरेको छ । २०५१ सालमा स्थापना भएको यो कार्यालयले यस अघि भवन नहुँदा ठाउँ ठाउँमा सरेर सेवा दिएको थियो ।

पछिल्लो सयम तुलसीपुर ९ दोघरेबाट मासिक १५ हजार भाडा तिरेर सेवा दिदै आएको थियो । अहिले राप्ती प्रादेशिक अस्पताल नजिकै आफ्नै जग्गामा नवनिर्मित सुविधा सम्पन्न भवनबाट कार्यालयले सेवा सुभारम्भ गरेको हो ।

२ करोड ५८ लाख ९१ हजार १ सय ३० रुपैया लागतमा २ तलाको १६ कोठाको सुविधा सम्पन्न भवन निर्माण गरिएको छ । कार्यालयको ६ सय ७७ दशमलव २६ वर्ग्मिटर कुल क्षेत्रफल रहेको छ । भवन निर्माणको लागी जुद्ध एण्ड पुर्ण निर्माण सेवाले जिम्मा पाएको थियो ।

निर्माण कम्पनीले २०७६ असार २५ गते सम्म काम सक्ने गरी २०७४ असार २५ गते सम्झौता गरे पनि निर्धा्रित समयमा काम नसकेपछि ९० दिन समय थप गरी गत असोज २० गते निर्माण कार्य सम्पन्न भएको कार्यालयका निमित्त प्रमुख श्रीधर टण्डनले बताए ।

कार्यालयको कम्पाउण्ड लगाएतका अझै केहि काम बाँकी रहेकाले उक्त निर्माण कार्यका लागी टेण्डर प्रक्रिया अघि बढाईएको उनले बताए ।  त्यसैगरी भवनमा सेवा सुभारम्भको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले गरेका थिए । सेवा सुभारम्भ कार्यक्रमको बोल्दै नगरप्रमुख पाण्डेले सेवाग्राहीलाई प्रभावकारी सेवा प्रदान गर्न आग्रह गरे ।

उनले संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भईसकेको अवस्थामा नागरिकले सहज रुपमा सेवा पाउनु पर्ने बताए । साथै उनले सेवा प्रवाहमा जनशक्ति तथा अन्य भौतिक समस्या भएमा आफुले सक्दो पहल गर्ने समेत बताए ।

त्यसैगरी जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले गर्दै सेवाग्राहीलाई सहज र सरल रुपमा सेवा दिन अब थप सहज हुने बताए । उनले नागरिक मैत्री सरंचना निमार्ण गर्न सके थप गुणस्तरिय रुपमा सेवा दिन सकिने समेत बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार