• २०७७ कार्तिक ६ गते बिहिवार

राप्ती गाउँपालिका अन्तर पार्टी महिला संजाल गठन

Author Logo..
२०७६ माघ २९ गते बुधवार


तिर्थराज ज्ञवाली , देउखरी दाङ । राप्ती गाउँपालिका अन्तर पार्टी महिला संजाल गठन गरिएको छ । दाङ जिल्ला अन्तर पार्टी महिला संजाल अध्यक्ष शुशिला पौड्यालको अध्यक्षता तथा संविधान सभा सदस्य शुसिला चौधरीको प्रमुख आथित्यतामा भएको संजाल गठन कार्यक्रममा भगवता शर्माको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको छ ।

हाल क्रियाशिल पार्टीका नेतृहरुको सहभागीता रहेको अन्तर पार्टी महिला संजालको गठन प्रक्रियामा नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली काग्रेस ,समाजवादि फोरम, रा.प्र.पा र नेकपा माले वाट प्रतिनिधित्वगर्ने गरि समिति गठन गरिएको छ ।

गठित अन्तर पार्टी महिला संजालमा अध्यक्षमा भगवता शर्मा, सचिवमा तारा घिमीरे, कोषाध्यक्षमा भुमी गुरुङ र सदस्यमा नारायणी पोख्रेल, हिमानी न्यौपाने, तुलसी चौधरी, गिता अधिकारी, स्यामा रावत, कुसुम चौधरी, पुष्पा बैद्य, शारदा परियार, सावित्रि चौधरी लाई छनौट गरिएको छ । संजाल गठन कार्यक्रममा रा.प्र. पा र नेकपा माले वाट सदस्य थप गर्ने समेत निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार