• २०७७ कार्तिक ४ गते मङ्गलवार

नेपाली सेनाको गाडी सल्यानमा दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

Author Logo..
२०७६ माघ २९ गते बुधवार

दाङ,  सल्यानको कपुरकोटबाट बुटवल जादै गरेको नेपाली सेनाको गाडी सल्यानको चोरखोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन । बुधबार सल्यान देखि बुटवल जादै गरेको लु १ ग १२३ नम्वरको गाडी कपुरकोट गाउँपालिका वडा नम्वर ३ चोरखोलामा दुर्घटनाग्रस्त भएको हो ।

मृत्यु हुनेमा सिपाही बर्ष २९ का यादव राज ढरेल रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा मेजर ईश्वर सिलवाल वर्ष ३५ का, जवान रोशन हिटन , हबल्दार जय प्रकाश बोहरा मोहन बहादुर थापा, विशाल गुरुङ, विपिन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते हुने मध्य मेजर सिजवाल, जवान हिटन, थापा, बोहरा र श्रेष्ठ हुन । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछिे थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौँ लगिएको छ । गाडीमा ७ जना मात्रै सवार रहेको प्रहरीले बताएको छ । ट्रक झन्डै ५ सय मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार