प्रदेश प्रमुख शाहको विदाई

अनलाइन राप्ती | 7:19 PM


तुलसीपुर, २८ माघ । प्रदेश प्रमुख शुरेश विक्रम शाहको एक समारोहबीच विदाई गरीएको छ । तुलसीपुर उद्योग वाणिज्यसंघको अगुवाइमा एक दर्जनजती संघसंस्थाहरुले शाहको विदाई गरेका हुन् । नेपाल प्रहरीका सेवानिबृत्तभएका डिआइजि शाहको दाङका तुलसीपुरका विभिन्न संघसंस्थाहरुले विदाई गरेका हुन् ।
तुलसीपुर उवासंघका अध्यक्ष वीर वहादुर रावतको अध्यक्षतामा भएको विदाइ कार्यक्रममा त्रिसिदेश्वरी राप्ती यातायात प्रालि, दाङ उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य संघ प्रदेश नंवर ५ को कार्यालय, रिपोटर्श क्लव, लायन्सक्लव, लियो क्लव, राप्ती ववइ क्याम्पस, सहयोगी बचत तथा ऋण सहकारी, रोटरी क्लव, सामुदायिक प्रहरी, रुकुम उद्योग वाणिज्य संघका प्रतिनिधि लगायतका व्यक्तिहरुले प्रदेश प्रमुख शाहलाइ विदाई गरेका थिए ।

जिल्लामा रहंदा पांच नंवर प्रदेशमा चुस्त शान्तिसुरक्षा कायम गर्न सफल भएकोमा तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजाल, वर्तमान अध्यक्ष विरु रावत, सल्लाहकार शुरेश हमाल लगायतले प्रशंसा गरेका थिए । सो अवसरमा बोल्दै प्रदेश प्रमुख शाहले आफ्नो कार्यकालमा शान्तिसुरक्षा काम गर्ने सन्दर्भमा साथ र सहयोग गर्ने सवैलाइ धन्यवाद व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्