• २०७७ कार्तिक १२ गते बुधवार

दाङमा २ करोड बढिको लगानीमा लोकल चल्ला उत्पादन गर्ने ह्याचरी उद्योग संचालनमा

Author Logo..
२०७६ माघ २८ गते मङ्गलवार


तुलसीपुर, तुलसीपुर १३ फूलबारी दमारगाउँमा २ पश्चिम नेपालमै पहिलो पटक लोकल कुखुराको अत्याधुनिक ह्याचरी उद्योग सञ्चालन गरेका छन् । ब्रोइलर कुखुराका चल्ला उत्पादन जिल्लामा भएको भए पनि लोकल कुखुराको चल्ला उत्पादनको लागि भने दाङमा धेरै चल्ला उत्पादन गर्ने यो पहिलो ह्याचरी उद्योग भएको उनीहरुले बताएका छन् ।

रुकुम रुमुसीकोटका २६ बर्षिय राजन केसी र काभ्रेका २८ बर्षिय राम कुमार अधिकारी मिलेर २ करोड १५ लाखको लगानीमा लोकल कुखुरा उत्पादन गर्न ह्याचरी उद्योग सञ्चालनमा ल्याएका संचालक केसीले बताए । लोकल कुखुराको माग अत्यधिक रहेको र उत्पादन व्यवसायीक रूपमा कमै मात्रै हुने भएकाले आफुहरुले एक बर्षको अनुसन्धान पछि दाङमा उद्योग संचालन गरेको केसीले बतााए । केसीले आफु डाक्टरको पढ्दा पढ्दै यो ब्यवसाय तिर लागेको समेत बताए ।

२ बर्ष डाक्टर कोर्ष पढ्नको लागी फिलिफिन्स बसेको भएता पनि डाक्टर भन्दा पनि ब्यवसायबाट नै राम्रो हुने भएकाले आफ्ना भिनाजु अधिकारीसंग मिलेर उद्योग संचालन गरेको उनले बताए । ‘एमबिबिएसको अध्ययन गरेर लोकल कुखुरा उत्पादनको लागि ह्याचरी उद्योगमा लागेको छु’ उनले भने ‘युवाहरूले व्यवसायमा हात हाल्दा सकारात्मक सन्देश जाने छ ।

एमविविएस पढेर फर्किदा उनलाई चिकित्सक हैन किसान बन्ने सोंच भएपछि भिनाजुसँगको सहकार्यले पश्चिम नेपालकै नमुना र एकमात्रै लोकल कुखुरा उत्पादन केन्द्र स्थापना गरेको बताए । जिल्लामा पहिलो पटक स्थानीय जातका कुखुरा उत्पादनको लागि २ करोड १५ लाखको लगानीमा ह्याचरी र लोकल कुखुरापालन फर्म खोलेको अर्का सञ्चालक अधिकारीले बताए । करिब एक वर्ष अघिदेखि ‘राइसा ह्याचरी एण्ड पोल्टी फर्म’ सञ्चालनमा ल्याइएको उनले बताए ।

हप्तामा अहिले ५ हजार नयाँ चल्ला उत्पादन गर्दै आएको र माग बढि आएमा दैनिक पनि चल्ला निकाल्ने योजना रहेको उनले बताए । उनले आवश्यकता अनुसार लोकल कुखुराका सबै जात र प्रकारको उत्पादन एक थलोबाट गरिने बताए । उनले आफ्नो यो उद्योग चितवन पश्चिममा एकमात्र रहेको बताए । यसबाट केही महिनादेखि आम्दानीसमेत सुरू भएको उनले बताए ।

फर्ममा स्थानीय जातको न्यूहेम्सायर रातो, अष्ट्रोलयर कालो, साकिनी क्रस, ग्रामीण रैथाने लोकल, कटकनाथ, फाइटर, टर्की, लौकाठ, बट्टाईका साथै विदेशी विभिन्न प्रकारका कुखुराहरू रहेका छन् । त्यस्तै गरेर साकिनी,

प्याँख उल्टे, घाँटी खुइलेलगायतका रहेका छन् । कुखुरापालन र उत्पादन त्यो पनि स्थानीय जातको योजनासहित उद्योग सञ्चालनमा ल्याएको र युवाहरूको सक्रियता भएपछि कृषिमा आफूले प्रेरणा थपि दिएको राजनका बुवा नैन केसीले बताए ।

उनले कृषिमा छोराको रूची बढेपछि एमविविएस पढेर यो व्यवसयामा लाग्न सहमति भएको बताए । पारिवारिक लगानीसहित बैंकको लगानीमा उद्योग सञ्चालनमा आएको उनले बताए । ह्याचरीबाट उत्पादित चच्लाहरू प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा जाने गरेका छन् । स्थानीय उत्पादनलाई जोड दिने उद्देश्यले लोकल कुखुरा उत्पादन सुरू गरेको बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार