• २०७७ कार्तिक १२ गते बुधवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी

Author Logo..
२०७६ माघ २७ गते सोमवार

काठमाडौं , त्रिभुवन विमानस्थलमा सोमबार राति आगलागी भएको छ। विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलतर्फ रहेको एउटा कफी सपबाट आगो लाग्न सुरु भएको हो। आगलागीपछि विमानस्थलको धावनमार्गसम्म बाक्लो धुवाँको मुस्लो निस्किएको छ।

आगो कफिसप नजिकको यात्रु प्रतिक्षालयसम्म पुगेको छ। आगो निभाउन सेना नेपाल प्रहरी सशस्त्र प्रहरी सहित विमानस्थलमा रहेका दमकल जुटेका छन् । आगालागीका कारण काठमाडौं अवतरण हुनुपर्ने चाइना साउर्दन,सिल्क एयर, हिमालय एयरलाइन्स र नेपाल वायु सेवाको निगमसहित चारवटा जाहाज सिमरामाथिको आकाशमा होल्ड गरिएको छ।  काठमाडौं र ललितपुरका बारुणयन्त्र पनि त्यहाँ पुगि सकेको र नियन्त्रण हुने क्रममा रहेको प्रहरी स्रोतले जानकारी दिएको छ। प्रारम्भिक जानकारी अनुसार विद्युतको गडबडीका कारण आगलागी भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार