• २०७७ मङ्सिर ९ गते मङ्गलवार

सप्तरङ्गि स्कुल (सक्सेस) को खेलकुद सप्ताह सुरु

Author Logo..
२०७६ माघ २७ गते सोमवार


लक्ष्मण बस्नेत ,माघ २७ तुलसीपुर  । तुलसीपुर ९ मा रहेको सप्तरङ्गी बोर्डिङ स्कुल (सक्सेस) दाङले आफ्नो साता ब्यापी खेलकुद कार्यक्रम शुरु गरेको छ । विद्यालयमा अध्ययनरत छात्ररछात्रा भित्र लुकेर रहेका अन्तरनिहित खेल प्रतिभालाई उजागर गर्न आयोजित खेल सप्ताहको तुलसीपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितीका संयोजक अमर नेपाली (माईकल) ले उद्घाटन गरेका थिए ।

विद्यलायको १३ औ बार्सिक उत्सवका अबसरमा आयोजित खेलकुद सप्ताहमा एथलेटिक्स तर्फका ट्रयाक तथा फिल्ड, छात्र फुटबल, खो–खो, स्लो बाईक रेस, कबड्डी लगाएतका सिनियर तथा जुनियर तर्फका खेल हरु हुने विद्यालयले जनाएको छ ।  कार्यक्रम विद्यालयका प्रिन्सिपल छवि कुमार वलीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितीका संयोजक नेपालीको प्रमुख आतिथ्य एवं तुलसीपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितीका सदस्य दिपक कुमाल र भलिबलका पुर्व राष्ट्रिय खेलाडी कमल पोख्रेलको बिशिस्ट आतिथ्यमा भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नेपालीले स्वास्थ्य र समृद्धिसंग जोडिएको खेलकुद क्षेत्र मानव जिवनको अभिन्न अंग भएको बताए ।

उनले खेलाडी उत्पादन थलो विद्यालय क्षेत्र भएको भन्दै खेलकुद क्षेत्रमा लगानी गर्न विद्यालयलाई आग्रह गरे । त्यसैगरी उनले खेलले बालबालिकाको सर्वाङिन बिकासको आधार स्तम्भ निर्धारण गर्ने समेत बताए । त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथी कुमालले खेलकुदको शहर तुलसीपुरलाई सुबिधा सम्पन्न खेलकुद नगरिको रुपमा स्थापित गर्न युवा तथा खेलकुद समिती लागि परेको बताए । विद्यालयका भ्वाईस प्रिन्सिपल प्रदिप वलीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको संचालन विद्यालयका कोर्डिनेटर गोपाल गिरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार