• २०७७ फाल्गुन १५ गते शनिवार

तुलसीपुरमा जारी राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, गोरखा मा.वि तुलसीपुरले चुम्यो उपाधी

Author Logo..
२०७६ माघ २७ गते सोमवार


लक्ष्मण बस्नेत , माघ २७ तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका स्तरिय दोस्रो तथा १२ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ को उपाधी गोरखा मा.वि तुलसीपुरले हात पारेको छ ।
उपमहानगरपालिकाको आयोजना तथा शहिद स्मृति आबासिय विद्यालय तुलसीपुर १७ बनकट्टीको संयोजनमा संचालित प्रतियोगिताको सोमबार सम्पन्न प्रतियोगितामा कुल १३ स्वर्ण,५ रजत र ३ कास्य पदक हात पार्दै लगातार ४ बर्ष जित कब्जा गर्दै गोरखा मा.वि. तुलसीपुरले उपाधी चुम्न सफल भएको हो ।
त्यस्तै ज्ञानज्योती सेकेण्डरी स्कुल तुलसीपुरले ६ स्वर्ण,१० रजत र ६ कास्य पदकका साथ दोस्रो स्थान हात पार्दा महेन्द्र मा.वि. तुलसीपुरले ३ स्वर्ण,१ रजत र २ कास्य पदकका साथ तृतिय भयो । त्यस्तै गुरुजजुर मा.वि. रक्षाचौर २ स्वर्ण,३ रजत र ४ कास्य पदक सहित सान्त्वना स्थान हात पार्न सफल भएको प्रतियोगिताका सचिवालय सदस्य बालकृष्ण शाहले जानकारी दिए ।
यसैबिच प्रतियोगिताको समापन समारोह तुलसीपुर उपमहानगरपालिकाका उपमेयर माया आचार्यको अध्यक्षता तथा शिक्षा मन्त्रीका प्रमुख राजनितिक सल्लाकार जीवन गौतमको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रमको संचालन प्रतियोगिताको संयोजनको जिम्मा पाएको विद्यालयका प्रधानाध्यापक नारायण पौडेलले गर्नु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार